शुक्रबार, वैशाख ७, २०८१

अर्थमन्त्री खतिवडाले टिकट नपाएपछि नेप्सेमा उत्साह

सेयर बजारमा करिब ७० प्रतिशत हिस्सा रहेको बैंकिङ समूह उकालो लाग्दा साताको दोस्रो दिन सोमबार पनि सेयर बजार परिसूचक (नेप्से) १८.२६ अंकले उकालो लागेको छ।
 |  सोमबार, पुस २१, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २१, २०७६

काठमाडौं- सेयर बजारमा करिब ७० प्रतिशत हिस्सा रहेको बैंकिङ समूह उकालो लाग्दा साताको दोस्रो दिन सोमबार पनि सेयर बजार परिसूचक (नेप्से) १८.२६ अंकले उकालो लागेको छ।

triton college

आईतबार नेप्से १६ अंकभन्दा बढीले उकालो लागेको थियो। पछिल्लो समयमा अर्थमन्त्री डा.युवराज खतिवडाको नाम राष्ट्रियसभा सदस्यको लागि नपरेपछि अर्थमन्त्रीमा दोहोरिने सम्भावना कम रहेको भन्दै लगानीकर्ताहरु उत्साहित भएका छन्। उनीहरुले सेयर बजारमा लगानी गर्न थालेपछि बजार उकालो लागेको हो।

‘अर्थमन्त्रीका कारण सेयर बजार ओरालो लागेकोमा लगानीकर्ता विश्वस्त रहेका छन्। उनी पुनः दोहोरिने सम्भावना छिण भएपछि बजारले फेरी उकालो लय समातेको हो।’ लगानीकर्ता संघका अध्यक्ष छोटेलाल रौनियारले भने।

यसदिन ट्रेडिङ समूहको बाहेक सम्पुर्ण समूहको समूहगत परिसूचक उकालो लागेको छ। सोमबार ट्रेडिङ समूहको परिसुचक भने १२.२६ अंकले ओरालो लागेको छ।

यसदिन बैकिङ समूहको २५.८६, होटलको २.९८, विकास बैंकको १३.१७, जलविद्युतको ०.१४, फाइनान्सको १.४९,जीवन बीमा समूहको १२.१३, निर्जीवन बीमा समुहको ०.७९, उत्पादनमुलक ४.४६, अन्य ३.५६, लघुवित्तको ३३.९८ र म्याचुअल फन्डको ०.१५ अंकले समूहगत परिसूचक उकालो लागेको छ।

corrent noodles
Metro Mart

कारोबारको आधारमा यसदिन सबैभन्दा धेरै एनआइसी एसिया, ग्रामिण विकास लघुवित्त वित्तिय संस्था,नेको इन्स्योरेन्स र सिभम् सिमेन्टको रहेको छ।

त्यस्तै मंगलबार कमाउनेमा अधिकांश लघुवित्तका लगानीकर्ता रहेका छन्। यसदिन सबैभन्दा बढी कमाउने पाँच कम्पनीमा ओमी माइक्रोफानान्स, एनएमबी माइक्रो फाइनान्स वित्तिय संस्था, माहुली सामुदायिक लघुवित्त वित्तिय सस्था, गुँरास लघुवित्त वित्तिय संस्था र सिभिल लघुवित्त वित्तिय संस्था रहेका छन्।

त्यस्तै उकालो लागेको बजारमा पनि गुमाउनेहरुमा नेको इन्स्योरेन्स,नेशनल हाइड्रोपावरक कम्पनी हिमालय उर्जा विकास कम्पनी, नेपालसेवा लघुवित्त वित्तिय संस्था रहेका छन्।
दिनभर १७८ कम्पनीका २६ लाख ८३ हजार कित्ता सेयर ८४ करोड २५ लाख रुपैयाँमा किनबेच भएको छ।

प्रकाशित: Jan 06, 2020| 11:06 सोमबार, पुस २१, २०७६
प्रतिक्रिया दिनुहोस्