शनिबार, वैशाख ८, २०८१

उपत्यकामा अब चप्पल लगाएर सवारी चलाउन नपाइने

उपत्यकाभित्र संचालित सार्वजनिक सवारी साधनका चालकहरूले अनिवार्यरूपमा जुत्ता लगाउनु पर्ने भएको छ।
 |  सोमबार, पुस २१, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २१, २०७६

काठमाडौं– उपत्यकाभित्र संचालित सार्वजनिक सवारी साधनका चालकहरूले अनिवार्यरूपमा जुत्ता लगाउनु पर्ने भएको छ।

triton college

चप्पल लगाएर सवारी चलाउँदा दुर्घटनाको जोखिम बढेको निश्कर्ष निकाल्दै महानगरीय ट्राफिक महाशाखा र यातायात व्यवसायीहरूले सवारी चालकले अनिवार्य रूपमा जुत्ता लगाउनुपर्ने लगायत १९ बुँदामा प्रतिवद्धता जनाएका छन्।

आइतबार महाशाखामा प्रहरी अधिकृत, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधि, मजदुर ट्रेड युनियनका प्रतिनिधि तथा उपत्यकामा संचालित यात्रुवाहक सार्वजनिक सवारी साधनसँग सञ्चालन गर्ने कम्पनीका प्रतिनिधिबीच भएको छलफलमा उक्त प्रतिवद्धता जनाइएको हो।

सवारी दुर्घटना रोक्न तथा सार्वजनिक यातायात सेवालाई व्यवस्थित गर्न चालक र सहचालकको बोली व्यबहार राम्रो गर्ने, चालक–सहचालकले सोभनीय पोशाक लगाउने, चालकले नजिकको यात्रुसँग कुराकानी नगर्ने लगायतमा प्रतिवद्धता जनाइएको महाशाखाले जनाएको छ।

सवारी साधन चलाउँदा चालकले मोबाइल फोन प्रयोग नगर्ने, सवारीको सरसफाई गर्ने र सवारीमा फोहर हुन नदिने, अनावश्यक म्युजिक नबजाउने, सवारीमा रहेको झलर हटाउने, जथाभावी यात्रु नचढाउने/नझार्ने र निजी सवारी साधन प्रयोजनविपरीत प्रयोग गर्न नदिने प्रतिवद्धता जनाइएको छ।

corrent noodles
Metro Mart

यस्तै, भाडासम्बन्धी गुनासो आउन नदिने, ढोका खुला गरी सवारी साधन चलाउन नदिने, आरक्षण सिटको पालना गर्ने, सवारी साधनको झ्याल ढोका दुरुस्त राख्ने, सवारी साधनको सिट दुरुस्त अवस्थामा राख्ने, सवारी साधनमा रंगरोगन गर्ने र क्षमताभन्दा बढी यात्रु नबोक्ने पनि प्रतिवद्धता जनाइएको महाशाखाका प्रमुख पौडेलले जानकारी दिए।

प्रतिवद्धता एक साताभित्र कार्यान्वयन गरिसक्ने र कार्यान्वयन भए/नभएको अनुगमन गर्न ८ सदस्यीय अनुगमन समिति गठन गरिएको पौडेलले बताए। 

उनका अनुसार महाशाखाका प्रहरी उपरीक्षक राजकुमार बैदवार संयोजक रहेको समितिमा नेपाल यातायात व्यवसायी महासंघका सचिव नन्दलाल श्रेष्ठ, नेपाल यातायात व्यवसायी महासंघ काठमाडौं जिल्ला संयोजक अरूण श्रेष्ठ, नेपाल यातायात व्यवसायी महासंघका अर्जुन गौतम, अखिल नेपाल यातायात मजदुर संघका सचिव कमल पोखरेल, नेपाल यातायात व्यवसायी महासंघ प्रदेश ३ संयोजक जगन्नाथ गौतम, नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठ र महानगर यातायातका कार्यकारी प्रमुख केशव नेपाल सदस्य छन्।

प्रकाशित: Jan 06, 2020| 07:07 सोमबार, पुस २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।