शनिबार, वैशाख ८, २०८१

तनहुँमा चितुवा आतंक : फेरि लियो बालकको ज्यान

तनहुँमा चितुवाको आक्रमणबाट फेरि एक बालकको ज्यान गएको छ।
 |  सोमबार, पुस २१, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २१, २०७६

तनहुँ– तनहुँमा चितुवाको आक्रमणबाट फेरि एक बालकको ज्यान गएको छ।

triton college

जिल्ला प्रहरी कार्यालय, तनहुँका अनुसार आँबुखैरेनी गाउँपालिका–१, खरानी गाउँका ८ वर्षीय पुजन सिंजाली मगरको चितुवाको आक्रमणबाट ज्यान गएको हो। घर नजिक रहेको मामा घरबाट फर्कदै गरेको अवस्थामा बालकलाई चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार लामो समयसम्म घर नफर्किएका बालकलाई परिवारजनले खोजी गरेका थिए। त्यसक्रममा घरदेखि पूर्व करिब २०० मिटर भीरमा बालक मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ।

पछिल्लो समय तनहुँमा चितुवा आतंक बढेको छ। जिल्लामा चितुवाको आक्रमणबाट हालसम्म सात बालबालिकाले ज्यान गुमाएको डिभिजन वन कार्यालयले जनाएको छ।

प्रकाशित: Jan 06, 2020| 05:04 सोमबार, पुस २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।