शुक्रबार, वैशाख ७, २०८१

अब कलेज चलाउन र शिक्षक हुन यस्ता योग्यता चाहिने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी संस्थाबाट सम्बन्धन लिएर नेपालमा सञ्चालित कलेजको शिक्षक हुन आवाश्यक पर्ने योग्यता तोकेको छ ।
 |  सोमबार, पुस २१, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २१, २०७६

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी संस्थाबाट सम्बन्धन लिएर नेपालमा सञ्चालित कलेजको शिक्षक हुन आवश्यक पर्ने योग्यता तोकेको छ ।

triton college

विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका संशोधन गर्दै मन्त्रालयले स्नातकोत्तर तहमा न्यूनतम दोस्रो श्रेणीमा उत्तीर्ण भएकाले मात्रै कलेज पढाउन पाउने प्रावधान बनाएको छ ।

निर्देशिकामा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने त्यस्ता शिक्षण संस्थामा कम्तीमा एक जना शिक्षक विद्यावारिधि उपाधि हासिल गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

निर्देशिकाले इन्जिनियरिङ तथा सूचना प्रविधिका लागि पनि सबै शिक्षकको योग्यता स्नातकोत्तर तोकेको छ भने नर्सिङ कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्थामा २५ प्रतिशत शिक्षक स्नातकोत्तर हुनुपर्ने प्रस्ट गरेको छ ।

यस्ता कलेज सञ्चालन गर्न उपत्यकाभित्र कम्तीमा तीन रोपनी, पहाडमा छ रोपनी र तराईमा पाँच कट्ठा जग्गा हुनुपर्ने नियम बनाइएको छ । यस्ता कमै कलेजसँग मात्र नयाँ तोकिएअनुरूपको पूर्वाधार रहेको पाइन्छ ।

corrent noodles
Metro Mart

त्यस्तै प्रत्येक संस्थाले विद्यार्थी भर्ना सङ्ख्याका आधारमा स्वदेशी लगानीकर्ता भए १० प्रतिशत र विदेशी लगानीकर्ता भए २० प्रतिशत सिट महिला, गरिब तथा जेहेनदार, दलित, पिछडिएका र दुर्गमका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने व्यवस्था पनि निर्देशिकामा गरिएको छ ।

निर्देशिकामा एउटै तहको एउटै विषयमा एकभन्दा बढी संस्थासँग सम्बन्धन लिन नपाइने, कलेजले जुन विश्वविद्यालयको सम्बन्धनमा शैक्षिक कार्यक्रम सञ्चालन गरेका छन्, सोही विश्वविद्यालयको नामबाट हरेक सेमेस्टरको लब्धाङ्क पत्र उपलब्ध गराउनुपर्ने, संस्थाले सञ्चालन गरेको विषय वा कार्यक्रमको परीक्षाका लागि प्रश्नपत्र वा मूल्याङ्कन प्रणाली सम्बन्धन दिने संस्थाको परीक्षासम्बन्धी कार्य गर्ने केन्द्रीय निकायबाट नियन्त्रित हुनुपर्नेलगायतका व्यवस्था गरिएको छ ।

संशोधित निर्देशिकामा त्यस्ता कलेजको भवन, कक्षाकोठा, प्राथमिक उपचार कक्ष, खेलकुद मैदानलगायतका बारेमा पनि नयाँ मापदण्ड निर्धारण गरिएको छ ।

प्रकाशित: Jan 06, 2020| 02:51 सोमबार, पुस २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।