मंगलबार, वैशाख ४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • महँगा गाडी तीन महिनादेखि भन्सारमा रोकिए, आयातकर्ता भन्छन्– दुःख दिने नियत

महँगा गाडी तीन महिनादेखि भन्सारमा रोकिए, आयातकर्ता भन्छन्– दुःख दिने नियत

भैरहवा भन्सार कार्यालयमा करोडौंका गाडी तीन महिनादेखि थन्किएका छन्। आधिकारिक विक्रेताबिना नै बिक्री गर्न ल्याइएको भन्दै भन्सारले गाडी रोकिदिएको हो।
 |  आइतबार, पुस २०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २०, २०७६

काठमाडौं– भैरहवा भन्सार कार्यालयमा करोडौंका गाडी तीन महिनादेखि थन्किएका छन्। आधिकारिक विक्रेताबिना नै बिक्री गर्न ल्याइएको भन्दै भन्सारले गाडी रोकिदिएको हो।

triton college

भन्सार विभागले जाँचपास नगरिदिएपछि ती गाडी भैरहवा भन्सार परिसरमा थन्किएका छन्। भैरहवा भन्सारका अनुसार यसरी अलपत्र परेका गाडीमा ल्यान्डरोभर कम्पनीका तीनवटा रेन्जरोभर छन्।

नेपालमा ल्यान्डरोभरका गाडी बेच्दै आएको किशोर गियर्स प्रालिले २०१६ अगष्टदेखि आधिरकारिक विक्रेताको लाइसेन्स नवीकरण नगरेका कारण भन्सारमा गाडी रोकिएको भन्सारको भनाइ छ।

भैरहवास्थित सुख्खा बन्दरगाहका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठका अनुसार किशोर गियर्सले आफू ल्यान्डरोभरको आधिकारिक विक्रेता भएको प्रमाण उपलब्ध गराउन नसकेका कारण भन्सार जाँचपास गर्ने क्रममा गाडी रोकिएका हुन्। उनले भने, ‘हामीले दुःख दिने नियतले रोकेका होइनौं । आधिकारिकता मात्र खोजेको हो । उहाँहरु आधिकारिक पत्र लिएर आउनुहुन्छ भने गाडी लैजान अनुमति दिन्छौं ।’

यता किशोर गियर्स प्रालिका सञ्चालक किशोरचन्द्र बादे श्रेष्ठ आफूहरुले प्रक्रिया पुर्‍याएर नै गाडी ल्याएको दाबी गर्छन् । उनले भने, ‘पहिले जसरी गाडी ल्याइन्थ्यो, अहिले पनि त्यसरी नै प्रक्रिया पुर्‍याएर ल्याएको हो। भन्सार कार्यालयले दुःख दिने नियतले गाडी रोकेको हो। ल्यान्डरोभरले कहिल्यै पनि नेपालमा आधिकारिक विक्रेता राखेको छैन।’

corrent noodles
Metro Mart

नेपालमा ल्यान्डरोभरका गाडी ठूलो मात्रामा बिक्री नहुने भएकाले सो कम्पनीले आधिकारिक विक्रेता नभई बीचमा अर्को कम्पनीमार्फत् कमिसनका आधारमा पठाउने गरेको उनले बताए ।

उनले थपे, ‘पहिले हामीले जुन कम्पनीसँग डिल गरेर गाडी ल्याएका थियौं, सोही कम्पनीमार्फत् नै अहिले पनि गाडी ल्याएका हौं, तर किन भन्सारले जाँचपास गरेन, बुझ्न सकेका छैनौं ।’

आफ्ना गाडी भन्सारमा रोकिँदा करोडौंको नोक्सान भएको गुनासो गर्दै श्रेष्ठले सरकारले व्यवसायीलाई हतोत्साहित गरेको आरोप लगाए। नेपालमा ल्यान्डरोभरका गाडी दुई करोड रुपैयाँभन्दा बढीमा बिक्री हुन्छ ।

भन्सार विभागका प्रवक्ता शिशिर घिमिरेले गाडी रोकिएको बारेमा विभागमा जानकारी आएको र विभागले मन्त्रालयमा जानकारी गराइसकेको जानकारी दिए। उनले भने, ‘गाडी रोकिएको जानकारी विभागमा आएको छ। तर, मन्त्रालयबाट निर्णय नभई केही गर्न सकिँदैन ।’

प्रकाशित: Jan 05, 2020| 12:07 आइतबार, पुस २०, २०७६
प्रतिक्रिया दिनुहोस्