शुक्रबार, वैशाख १४, २०८१

कांग्रेसमा विवाद जिल्लासम्म : के भन्छन् सभापतिहरु ?

सभापति शेरबहादुर देउवासँग रुष्ट कांग्रेसभित्रको असन्तुष्ट पक्षले सोमबार काठमाडौंमा जिल्ला सभापतिहरुकोे भेला बोलाएको छ।
 |  आइतबार, पुस २०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २०, २०७६

काठमाडौं– सभापति शेरबहादुर देउवासँग रुष्ट कांग्रेसभित्रको असन्तुष्ट समूहले सोमबार काठमाडौंमा जिल्ला सभापतिहरुकोे भेला बोलाएको छ।

triton college

पछिल्लो समय महाधिवेशन मिति, विभागहरुको गठन लगायतमा पार्टीभित्र विवाद बढेपछि केन्द्रीय समिति बैठक बहिस्कारसम्म पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले छलफलका लागि जिल्ला सभापतिहरुलाई बोलाएको हो। जसमा महामन्त्री शशांक कोइराला र नेता कृष्णप्रसाद सिटौला समूहले पनि सघाएको छ।

जिल्ला सभापतिहरुसँग छलफल गरेर विरोधको स्वरलाई थप चर्काउने र सभापति देउवालाई दबाब दिनका लागि भेला बोलाइएको केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए। केन्द्रीय समितिमा अल्पमतमा रहे पनि जिल्ला सभापतिहरुमा पौडेल पक्षको संख्या धेरै छ।

“हामीले सबै जिल्ला सभापतिहरुलाई बोलाएका छौं। उहाँहरु सोमबार पार्टी केन्द्रीय कार्यालयमा आएपछि छलफल सुरु हुनेछ,” नेता पौडेलले भने, “पार्टी विधानका केही धारा निलम्बन गरिएको, महाधिवेशनको मिति र विभागहरुका विषयमा छलफल हुनेछ। पार्टी केन्द्रीय समितिले गरेको निर्णयलाई सभापतिहरुसँग राखिनेछ।”

पौडेलले केन्द्रीय समितिबाट भएको एकलौटी निर्णयविरुद्ध तलसम्म जाने रणनीति अनुरुप जिल्ला सभापतिहरुसँग पहिलो चरणमा छलफल हुने बताए। त्यसपछि अन्य कार्यक्रमहरु तय हुने उनको भनाई छ।

corrent noodles
Metro Mart

कांग्रेसका सबै जिल्ला सभापतिलाई बोलाइएको भनिए पनि, देउवा समूहका जिल्ला सभापतिहरु भने आफूलाई खबर नै नआएको बताउँछन्।
आफू निकट जिल्ला सभापतिहरुलाई वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाले फोन गरेर बोलाएका हुन्।

के भन्छन् जिल्ला सभापतिहरु?

पौडेल समूहका कालिकोटका जिल्ला सभापति हर्स बमले आफू काठमाडौं आउन लागेको जानकारी दिदै भने, “पार्टीबाट बोलाइयो, त्यसैले आउँदैछौं। सहमति र सहकार्यबाट अगाडि बढ्नका लागि हामी काठमाडौं आउन लागेका हौं। महाधिवेशन गर्ने कुरा सबै पक्षको सहमतिबाट गर्दा पार्टी बलियो हुन्छ। होइन भने दुईटा पार्टी जस्तो देखिन्छ।”

बर्दियाका जिल्ला सभापति सञ्जय गौतम वरिष्ठ नेता पौडेलले बोलाएकाले काठमाडौं आउन लागेको जानकारी दिए। उनका अनुसार केन्द्रीय समितिमा भएको कुराबारे नेताहरुले बैठकलाई जानकारी गराएपछि जिल्ला सभापतिहरुले आफ्ना विचार राख्नेछन्।

गौतमले भने, “पार्टी विधानको धारा निलम्बन गर्दा र अधिवेशनको मिति तोक्दा सबैको सहमति लिनु पर्ने थियो। अहिलेको निर्णयले पार्टीलाई राम्रो गर्दैन। कम्युनिष्टसँग लड्नु पर्ने बेला आफ्नै पार्टीभित्र झगडा गरेर सकिने? यसप्रति हामी जिल्ला सभापतिहरु चिन्तित छौं।”

खोटाङका जिल्ला सभापति नरेशकुमार श्रेष्ठ पनि पार्टीको विधान विपरीत केन्द्रीय समितिबाट निर्णय भएको बताउँछन्। उनले भने, “विधान विपरीत काम भएको छ। केन्द्रीय समिति बैठक किन बहिस्कार गर्नु पर्‍यो भन्ने कुरा रामचन्द्र दाइले राख्नु हुनेछ। अब कसरी अगाडि बढ्ने बारे छलफल हुनेछ।”

यसैगरी तेह्रथुमका जिल्ला सभापति गोविन्द ढुंगानाले महामन्त्री कोइरालाले आउनु भनेकाले काठमाडौं आउन लागेको बताए । उनले भने, “धेरै जानकारी छैन, के हुन्छ त्यो त्यहीँ थाहा होला।”

उता सभापति देउवा पक्षका जिल्ला सभापतिहरु भने आफूलाई भेलाका विषयमा आधिकारिक जानकारी नभएको बताउँछन्। कञ्चनपुरका जिल्ला सभापति हरिप्रसाद बोहराले आफूलाई कसैले नबोलाएको बताए। उनले भने, “आफूलाई त खबर नै छैन। म कञ्चनपुर मै छु।”

बाजुराका जिल्ला सभापति कविराज पंडितले पनि आफूलाई भेलाबारे जानकारी नभएको बताए । उनले भने, “अन्तरिम समायोजन प्रक्रिया टुंगिएको छैन। धेरै काम बाँकी छ त्यसकारण फागुनभन्दा पहिले महाधिवेशन हुन सक्दैन। महाधिवेशनको मिति विधान अनुसार नै तोकिएको हो।”

पर्वतका जिल्ला सभापति खिमप्रसाद भुसालले पनि सभापति देउवाको बचाउ गर्र्दै संस्थागत निर्णयलाई सबैले मान्नु पर्ने बताए।

“जिल्ला सभापतिहरुको भेला केन्द्रीय कार्यालयले बोलाएको छैन। कुन पक्षको हो भेला हो थाहा छैन,” उनले भने, “जसले विरोध गरे पनि केन्द्रीय समितिको निर्णय संस्थागत हो, यसलाई सबैले मान्नु पर्छ।”

प्रकाशित: Jan 05, 2020| 09:43 आइतबार, पुस २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।