बिहीबार, वैशाख १३, २०८१

सुन अहिलेसम्मकै महँगो, तोलाको ७५ हजार ५ सय

लगातार बढिरहेको सुनको भाउले आइतबार नयाँ रेकर्ड कायम गरेको छ । आइतबार ताेलाकाे ७५ हजार ५ सयले वृद्धि हुँदै अहिलेसम्मकै सबैभन्दा महँगो भएको हो ।
 |  आइतबार, पुस २०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २०, २०७६

काठमाडौं- लगातार बढिरहेको सुनको भाउले आइतबार नयाँ रेकर्ड कायम गरेको छ ।

triton college

शुक्रबार तोलाको ७४ हजार ५ सयमा कारोबार भएको सुन आइतबार एक हजारले वृद्धि हुँदै अहिलेसम्मकै सबैभन्दा महँगो भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको भाउ तोलाको ७५ हजार ५ सय पुगेको छ । बिहीबार सुनको मूल्य तोलाको ७३ हजार ५ सय थियो ।

यसअघि गएको भदौ १८ गते सुनको भाउ तोलाको ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसयता घटेर तोलाको ७० हजार रुपैयाँसम्म झरेको सुनको भाउ गएको महिनादेखि फेरि आकाशिएको हो ।

अमेरिका र इरानबीच तनाव बढिरहेकाले सुनको भाउ लगातार बढिरहेको छ । यसको मूल्य अझै बढ्न सक्ने महासङ्घले जनाएको छ ।

corrent noodles
Metro Mart

महासङ्घको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको आकर्षण सुनमा बढेपछि भाउ महँगो भएको हो । सुनको भाउ तोलाको ८० हजारको हाराहारीमा पुग्ने देखिएको उनले बताए ।

दुई दिनमा मात्रै सुनको भाउ ३० डलरले बढेको छ भने नेपालमा दुई हजार रुपैयाँ महँगो भएको छ ।

प्रकाशित: Jan 05, 2020| 05:16 आइतबार, पुस २०, २०७६
प्रतिक्रिया दिनुहोस्