बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • फोहोरमैला प्रशोधन केन्द्रका लागि धनगढीले टुङ्गो लगायो स्थान

फोहोरमैला प्रशोधन केन्द्रका लागि धनगढीले टुङ्गो लगायो स्थान

धनगढी उपमहानगरपालिकाले एकीकृत फोहोरमैला प्रशोधन केन्द्रका लागि जमिन पाएको छ। विगत साढे २ वर्षदेखि केन्द्रका लागि उपयुक्त जमिनको खोजी थालेको उपमहानगरपालिकाले वडा नम्बर ७ को पटेला जंगलका उक्त स्थान पाएको हो।
 |  शुक्रबार, पुस १८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १८, २०७६

धनगढी - धनगढी उपमहानगरपालिकाले एकीकृत फोहोरमैला प्रशोधन केन्द्रका लागि जमिन पाएको छ। विगत साढे २ वर्षदेखि केन्द्रका लागि उपयुक्त जमिनको खोजी थालेको उपमहानगरपालिकाले वडा नम्बर ७ को पटेला जंगलका उक्त स्थान पाएको हो।

triton college

धनगढी उपमहानगरपालिकाले गत वर्ष नै वडा नम्बर २ मा केन्द्र स्थापना गर्ने तयारी थालेपनि स्थानीयले विरोध गरेपछि उक्त योजना अलपत्र परेको थियो। अब भने पटेलाको जंगलमा केन्द्र स्थापनाका लागि स्थानीयले समेत सहमति जनाइसकेका सो वडाका अध्यक्ष सिताराम रानाले जानकारी दिए। केन्द्र स्थापनापछि सो का लागि आवश्यक पर्ने कर्मचारीका लागि स्थानीयलाई नै पहिलो प्राथमिकता दिने सहमति समेत बनेको अध्यक्ष रानाले बताए।

यसैबीच भिमदत्त नगरपालिकालेपनि केन्द्र स्थापनाका लागि जमिनको टुङ्गो लगाएको छ। नगरपालिकाको प्राविधिक प्रस्ताव समेत पठाइसकेको छ। गोदावरी र शुक्लाफाँटा नगरपालिकाले भने जमिनको टुङ्गो लगाई जग्गा प्राप्तीको प्रकृयामा गइसकेका क्षेत्रीय सहरी विकास आयोजनाका उपब्यवस्थापक श्यामचन्द्र बुढाथोकीले जानकारी दिए। उनले जमिन उपलब्ध नहुँदा सुदूरपश्चिमका ४ वटा नगरपालिकमा सञ्चालन हुने एकीकृत फोहोरमैला प्रशोधन केन्द्रको काम अगाडि बढ्न नसेकेकोमा अब द्रूत गतिमा काम अघि बढ्ने दाबी गरे।

साढे दुई वर्ष अघिदेखि कैलालीको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका र भीमदत्त नगरपालिकामा झण्डै ११ अर्बको लगानीसहितको क्षेत्रीय शहरी विकास आयोजना लागू भएको थियो। आयोजना अन्तरगत धनगढी उपमहानगरपालिकामा साढे १० किलोमिटर, गोदावरी नगरपालिकामा १५ किलोमिटर र शुक्लाफाँटा नगरपालिकामा ४ किलोमिटर अत्याधुनिक सडक निर्माणका लागि टेन्डर भइसकेको छ।

प्रकाशित: Jan 03, 2020| 12:47 शुक्रबार, पुस १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।