बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • थुप्रै हत्या र आपराधिक गतिविधिका अभियुक्त प्रितम १० लाख धरौटीमा रिहा

थुप्रै हत्या र आपराधिक गतिविधिका अभियुक्त प्रितम १० लाख धरौटीमा रिहा

विभिन्न अपराधमा संलग्न भएको अभियोगमा जेल सजायको फैसला भइसकेका कपिलवस्तुका प्रितम पाण्डे धरौटीमा रिहा भएका छन्।
 |  शुक्रबार, पुस १८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १८, २०७६

भैरहवा- विभिन्न अपराधमा संलग्न भएको अभियोगमा जेल सजायको फैसला भइसकेका कपिलवस्तुका प्रितम पाण्डे धरौटीमा रिहा भएका छन्।

triton college

शुक्रबार एउटा मुद्दामा भएको थुनछेक बहसपछि उनलाई अदालतले १० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

जिल्ला अदालत कपिलवस्तुको दुई नम्बर इजलासमा शुक्रबार न्यायधीश लालकाजी श्रेष्ठको बेञ्चमा बहस भएको थियो। न्यायाधीश श्रेष्ठको एकल ईजलासले प्रितमलाई १० लाख धरौटीमा रिहा गर्ने फैसला गरेको श्रेस्तेदार चिन्तामणि शर्माले नेपाल समयलाई बताए। जिल्ला अदालतमा हाजिर भएका प्रितम धरौटी रकम बुझाएर छुटेका छन्।

यसअघि नै जिल्ला अदालत कपिलवस्तुले प्रितमलाई व्यक्ति हत्या अभियोगमा ११ वर्ष कैद सजाय तोकेको थियो। तर उनी केही महिनादेखि फरार थिए। उनी शुक्रबार नै अदालतमा हाजिर भएका थिए।

शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष सुधादेवी पाण्डेका श्रीमान प्रितम ‘फरार’ हुदाहुदैँ पनि विभिन्न सार्वजनकि कार्यक्रममा भने देखिन छाडेका थिएनन्। फरार अभियुक्त सुरक्षा अधिकारीहरु समेत उपस्थित कार्यक्रममा सहभागी भएको समाचार सञ्चारमाध्यमहरुमा आउन थालेपछि उनी केही महिनायता भारतका विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका थिए।

corrent noodles
Metro Mart

२०४६ सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय पाण्डे जिल्लामा पूर्वमन्त्री दीपकुमार उपाध्यायको विश्वास पात्र मानिन्छन्। खास नाम सुखिराम पाण्डे रहेका प्रितम २०४६ देखि नै विभिन्न अपराधिक गतिविधिमा संलग्न रहदै आएको प्रहरीको अभियोग छ।

पाण्डेलाई कपिलवस्तु जिल्ला अदालतले २०४८ साल चैत ४ गते ज्यान मार्ने उद्योग अन्र्तगत ५ वर्ष कैद सजाय तोकेको थियो। त्यसैगरी कुटपिट तथा अंगभंग मुद्दामा उनलाई कपिलवस्तु अदालतले २ वर्ष कैद र ५ हजार जरिवाना तोकेको छ।

कपिलवस्तु मात्र नभई रुपन्देही अदालतले पनि उनीविरुद्ध ४ वर्षको कैद सजाय फैसला गरेको छ। त्यसका अतिरिक्त पाण्डे विरुद्ध ४ जनाको हत्या अभियोग समेत छ।

२०६३ साल असार १३ गते तत्कालीन हथिहवा गाविसमा स्थानीय केशव भरको हत्याको नेतृत्व प्रितम पाण्डेले गरेको मुद्दामा किटानी जाहेरी छ।

केशवका बाबु दारु भरले छोराको हत्या प्रितम, धर्मेन्द्र सिंह र द्वारिका यादवले गरेको जाहेरीमा उल्लेख गरेका छन्।

यसैगरी २०६१ साल वैशाख १८ गते चौधरी कुर्मी र चेतन कुर्मीलाई विठुवामा हत्या गरेको अभियोगमा समेत प्रितमविरुद्ध किटानी जाहेरी छ।

उक्त मुद्दामा समेत उनी फरार छन्। यसैगरी २०६४ साल चैत ९ गते माओवादी कार्यकर्ता शिवपुजन कुर्मीको हत्यामा समेत पाण्डेविरुद्ध किटानी जाहेरी छ।

प्रकाशित: Jan 03, 2020| 12:40 शुक्रबार, पुस १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।