बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • लगानी बोर्डले तयार गर्‍यो १४ परियोजनाका लागि लगानीकर्ताको सूची

लगानी बोर्डले तयार गर्‍यो १४ परियोजनाका लागि लगानीकर्ताको सूची

लगानी बोर्डले ११ खर्ब ८८ अर्ब रुपैयाँ लागतको १४ वटा परियोजनाहरुमा लगानीकर्ताहरुको सूची तयार पारेको छ।
 |  शुक्रबार, पुस १८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १८, २०७६

काठमाडौं- लगानी बोर्डले ११ खर्ब ८८ अर्ब रुपैयाँ लागतको १४ वटा परियोजनाहरुमा लगानीकर्ताहरुको सूची तयार पारेको छ।

triton college

शुक्रबार पत्रकार सम्मेलन गर्दै बोर्डले १४ वटा परियोजनामध्ये काठमाडौं बाहिरी चक्रपथ परियोजना, तल्लो अरुण हाइड्रोपावर आयोजना (६७९ मेगावाट), निजगढ अन्तर्राष्ट्रिय एयरपोर्ट, तमोर जलाशययुक्त जलविद्युत परियोजन (७५६ मेगावाट) पश्चिम सेती जलविद्युत आयोजना (१२०० मेगावाट), तल्लो सुनकोसी (१११० मेगावाट), सुनकोसी तेस्रो जलविद्युत आयोजना (५३६ मेगावाट) लगायतका आयोजनामा लगानीकर्ताहरु तयार पारेको जानकारी दिएको छ।

बोर्डले १४ वटा परियोजनामध्ये ७५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि कम्पनी समेत छनोट भइसकेको जनाएको छ। गत चैत १५ र १६ गते भएको लगानी सम्मेलनमा ५० वटा परियोजनाहरु सार्वजनिक भएका थिए। तीमध्ये बोर्डले १४ वटा परियोजनाका लगानीकर्ताहरुको सूची तयार पारेको हो।

त्यस्तै लगानीकर्ता छनौट भइसकेका परियोजनाहरुमा प्रदेश १ को करिब ६४ अर्ब ६१ करोड रुपैयाँको लागतमा रहेको नेपाल–चाइना फ्रेन्डसीप पार्क निर्माणका लागि लगानीकर्तासँग समझदारी भएको छ।

विराटनगर, वीरगन्ज र भैरहवामा निर्माण हुने करिव १३ अर्ब लागतको ‘मल्टीमोडल लजिष्टिक’ पार्कको विस्तृत सम्भाव्यता अध्ययनका लागि २ छुट्टाछुट्टै कम्पनीसँग समझदारी पत्रमा हस्ताक्षर भएको पनि बोर्डले जनाएको छ।

corrent noodles
Metro Mart

यसैगरी प्रस्ताव आह्वान नगरिएका परियोजनामा प्राप्त १५ प्रस्तावहरुमध्ये १० वटा परियोजनाहरु कार्यान्वयनको लागि अध्ययनको चरणमा रहेका छन्। यी परियोजनाहरु अघि बढेसँगै देशको उर्जा, उद्योग, यातायात तथा कृषि लगायतका क्षेत्रका पूर्वाधार विकासमा सहयोग पुग्ने विश्वास लिएको पनि बोर्डले जनाएको छ।

बोर्डका अनुसार सम्मेलनकै क्रममा हस्ताक्षर तथा घोषणा भएका १६ वटा समझदारीहरु समेत कार्यान्वयन भइरहेका छन्। बोर्डले हाल ५ खर्ब ६५ अर्ब रुपैयाँ कुल परियोजना लगात भएका ९ वटा विभिन्न क्षेत्रका परियोजनाहरु कार्यान्वयन तथा सहजीकरण गरिरहेको छ।

जसमध्ये १ खर्ब ४ अर्ब रुपैयाँ लागतको अरुण तेस्रो जलविद्युत परियोजनाले बाँध विद्युतगृह तथा सूरुङ जस्ता महत्वपूर्ण संरचना निर्माणमा करिव एक तिहाई काम पुरा गरिसकेको छ।

त्यस्तै २०१८ बाट व्यवसायिक उत्पादन थालेको होङ्सी सिमेन्ट प्रालिले दोस्रो चरणको उत्पादन योजनाका लागि आवश्यक तयारी सुरु गरिसकेको जनाएको छ।

यसैवर्ष शिलान्यास भएको ह्वासीन नारायणी सिमेन्ट उद्योगले सन् २०२० को जुलाईभित्र उत्पादन थाल्ने लक्ष्यका साथ निर्माण कार्य अघि बढाइरहेको छ। २०७५ चैतमा जारी सार्वजनिक निजी सझेदारी तथा लगानी ऐनले लगानी बोर्डको कार्यक्षेत्र बढाउनुका साथै थप जिम्मेवारी समेत प्रदान गरेको छ।

यसैबीचमा लगानीकर्ताहरुलाई एकै स्थानबाट सबै सेवाहरु प्रदान गर्ने उदेश्यका साथ बोर्ड कार्यालयमै एकल विन्दु सेवा केन्द्र स्थापना गरी सो केन्द्रलाई ड्यासबोर्डको समेत प्रयोग गरी एकीकृत प्रणाली मार्फत सेवा प्रबाह गर्ने प्रक्रिया थालनी गरेको बोर्डका प्रमुख कार्यकारी निर्देशक महाप्रसाद लामिछानेले जानकारी दिए।

उनले निकट भविष्यमा जारी हुने सार्वजनिक निजी साझेदारी तथा लगानी नियमावली लगायत विभिन्न कार्यविधि तथा निर्देशिकाले लगानी बोर्डका अरु प्राविधिक तथा प्रशासनिक प्रकृयाहरुलाई थप सरल र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

प्रकाशित: Jan 03, 2020| 12:08 शुक्रबार, पुस १८, २०७६
प्रतिक्रिया दिनुहोस्