काठमाडौं– सत्तारुढ नेकपाले राष्ट्रियसभाका उमेदवारहरुको टुंगो लगाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले १६ सदस्यका लागि उम्मेद्वार छनोट गरेको हो ।
जसमा पार्टी प्रवत्ता नारायणकाजी श्रेष्ठदेखि स्थायी कमिटि सदस्य बेदुराम भुसालसम्म परेका छन् ।
यी हुन नेकपाले छानेका राष्ट्रियसभाका उमेदवारहरु
प्रदेश १
इन्दु गौतम (महिला)
गोपी अछाम (दलित)
देवेन्द्र दाहाल (अन्य)
प्रदेश २ मा
तुलसा दाहाल (महिला)
राधेश्याम पासवान (दलित)
प्रदेश ३ मा
गंगा वेल्वासे (महिला)
वेदुराम भुषाल (अन्य)
गण्डकीवाट
नारायणकाजी श्रेष्ठ (अन्य)
भगवती न्यौपाने (महिला)
प्रदेश ५
विमला घिमिरे (महिला)
जगप्रसाद शर्मा (अपांगता अल्पसंख्यक)
गोपाल भटटराई (अन्य)
कर्णालीमा
मायाप्रसाद शर्मा (अन्य)
सुमित्रा विसि (महिला)
सुदुरपश्चिममा
तारामान स्वार (अन्य)
शारदा भट्ट (महिला)