काठमाडौं– भारतमा सुरु हुने भारत र श्रीलंकाबीचको टी–२० क्रिकेट शृंखलाका लागि श्रीलंकन टोलीको घोषणा गरिएको छ।
श्रीलंका क्रिकेट बोर्डले तीव्र गतिका बलर लासिथ मालिंगाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेकाे हो। टोलीमा कुशल परेरा, दनुश्का गुणातिलका, अविष्का फर्नान्डो, भानुका राजपक्सा, ओशाडा फर्नान्डो, दसुन शनका, एन्जलो मैथ्युज, निरोशन डिकवेला, कुशल मेन्डिस, वनिन्डु हसरंगा, लक्षण सन्दाकन, धनन्जय डि सिल्वा, लाहिरू कुमारा र इसरु उडाना छन्।
मैथ्युज साढे एक वर्षपछि टोलीमा फर्किएका हुन्।
भारतीय टोलीको भने यसअघि नै घोषणा भइसकेको छ। भारतका नियमित कप्तान विराट कोहलीको नेतृत्वमा टिमको घोषणा गरिएको हो।
क्रिकेट शृंखलाअन्तर्गत तीन खेल हुँदैछन्। पहिलो खेल आगामी आइतबार (जनवरी ५)मा हुनेछ। यस्तै, दोस्रो खेल जनवरी ७ मा र तेस्रो जनवरी १० मा हुने कार्यक्रम छ।
एजेन्सी