बिहीबार, वैशाख १३, २०८१

पाँच महिनामा पाँच खर्ब ३३ करोड व्यापारघाटा

चालु आर्थिक बर्षको पहिलो पाँच महिनामा व्यापारघाटा ५ खर्ब ३३ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ ।
 |  बिहीबार, पुस १७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १७, २०७६

काठमाडौं- चालु आर्थिक बर्षको पहिलो पाँच महिनामा व्यापारघाटा ५ खर्ब ३३ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ ।

triton college

आयात घटेर निर्यात बढ्दा गत बर्षको तुलनामा ६.३० प्रतिशतले व्यापार घाटा कम हुँदै ५ खर्ब ३३ अर्ब ६४ करोड रुपैयाँ पुगेको हो ।

भन्सार विभागका अनुसार भुकम्पपछिको निर्माणको काम विस्तारै सकिन लाग्दा आयातमा पनि कमी आउन थालेको छ । पुर्ननिर्माणका लागि नेपालमा विदेशबाट ठूला ठूला हेभी इम्वीपमेन्टदेखि लिएर रोडा, गिटी समेत आयात भएको थियो ।

त्यस्तै सरकारले लिएको निर्यातमुखी नीतिका कारण पनि व्यापारघाटामा कमी आएको हो ।

चालु आर्थिक बर्षको पहिलो पाँच महिनामा आयात ४।२४ प्रतिशतले घटेर पाँच खर्ब ८१ अर्ब २५ करोड रुपैयाँ रहेको छ ।

corrent noodles
Metro Mart

गत आर्थिक बर्षको सोही अवधिमा ६ खर्ब ६ अर्ब ९९ कोड रुपैयाँ आयात भएको थियो ।

त्यस्तै यस अवधिमा निर्यात २६.९७ प्रतिशतले बढेर ४७ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा निर्यात ३७ अर्ब ५० करोड भएको थियो ।

विस्तारै निर्यात बढ्दा र आयात घट्दा देशले व्याहोरिरहेको व्यापारघाटा विस्तारै कम हुदै जाने छ ।

प्रकाशित: Jan 02, 2020| 06:39 बिहीबार, पुस १७, २०७६
प्रतिक्रिया दिनुहोस्