शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल भ्रमण वर्ष २०२० को भव्य उद्‍घाटन, नाफाको रुपमा नलिन राष्ट्रपतिको आह्‍वान

नेपाल भ्रमण वर्ष २०२० को भव्य उद्‍घाटन, नाफाको रुपमा नलिन राष्ट्रपतिको आह्‍वान

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन गरेकी छिन्।
 |  बुधबार, पुस १६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस १६, २०७६

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन गरेकी छिन्।

triton college

उनले बुधबार दशरथ रंगशालामा दीप प्रज्वलन गरी भ्रमण वर्षको उद्घाटन गरेकी हुन्।

भ्रमण वर्षको उद्घाटनका क्रममा उनले भ्रमण वर्ष राष्ट्रिय अभियान भएको र यसलाई एकजुट भएर सफल पार्नको लागि आग्रह गरेकी छिन्।

उनले नेपाल संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य भएको उल्लेख गर्दै यहाँका अमूल्य स्रोत र सम्भाव्यताको मनन् मात्र होइन, उजागर गर्नुपर्नेमा पनि जोड दिइन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका सगरमाथा र बुद्धको जन्मस्थल लुम्बिनी संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य भएको बताउदै पर्यटन वर्षले ‘बसुधैव कुटुम्बकम’ को आदर्शलाई आत्मसात गर्दै विश्वमा भ्रातृत्व र शान्तिप्रतिको प्रतिबद्धता उजागर गरेको बताईन्।

corrent noodles
Metro Mart

उनले पर्यटकीय गन्तव्यबीचको प्रतिस्पर्धाबाट पर्यटन क्षेत्रको विकास गर्न सकिने पनि धारणा राखिन्।

राष्ट्रपति भण्डारीले पर्यटनलाई नाफा आर्जन र व्यवसाय अभिवृद्धिको रुपमा मात्र नलिन पनि आग्रह गरिन्।

उनले भनिन्, ‘नेपाल भ्रमण वर्षलाई सफल बनाउनु सबै नेपालीको दायित्व हो, समृृद्धिको मुख्य आधार पर्यटन बनाउनको लागि सम्पुर्ण नेपाली एक भएर लाग्नुपर्छ।’

सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने उद्देश्यसहित बुधबार नेपाल भ्रमण वर्ष २०२०को उद्घान गरिएको हो।

राष्ट्रपति भण्डारीले पर्यटनलाई नाफा आर्जन र व्यवसाय अभिवृद्धिको रुपमा मात्र नलिन पनि आग्रह गरिन्।

पर्यटन क्षेत्रले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्प र दिगो विकास लक्ष्य हासिल गर्न सहयोग गर्ने पनि उनको ठम्याई थियो।

सो कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले नेपाल प्रकृतिको अनुपम सिर्जना भएको दाबी गरे।

उनले भने, नेपालभन्दा तल नरक र माथि स्वर्ग छ, यहाँ जुनसुकै र जस्तो मौसम चाहने पर्यटक पनि नेपालमा आउन सक्छन्।

अनुपम एवम् अद्वितीय प्राकृतिक सौन्दर्यसँग रमाउन नेपाल आउनुहोस्। जिन्दगीभरिका लागि मिठो अनुभव लिएर जानुहोस्।’ नेपाल भौगोलिक, सांस्कृतिक र हावापानीमा विविधताले भरिपूर्ण भएको देश हो।

यो सँग रमाएर जिन्दगीभरिका लागि अद्भुत अनुभुति सँगालेर जानुहोस्।’ ‘नेपाल यस्तो मुलुक हो, हामी सहजै भन्न सक्छौं, ‘यहाँ के छैन ? सबथोक छ’ मन्त्री भट्टराईले भने, ‘हाम्रा प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा, भौगोलिक विविधता र धार्मिक केन्द्रहरूको आधारमा हामी भन्न सक्छौं, ‘सबैका लागि नेपाल जाने।’उनले भने।

उनले पर्यटकहरूको लागि नेपाल आफैंमा एउटा पूर्ण प्याकेज भएको समेत दावी गरे।

त्यस्तै सो कार्यक्रममा नायक राजेश हमालले नेपाल भ्रमण वर्ष २०२० को सफलताको शुभकामना दिएका थिए।

उनले नेपाल सुन्दरताले भरिपुर्ण देश भएकोले यहाँ आएर सम्पुर्ण आनन्द लिएर आफ्नो देश फर्कन पर्यटकलाई आग्रह गरे।

भ्रमण वर्षको उद्घाटनको अवसरमा कुटुम्बले विभिन्न धुन बजाएको थियो भने विभन्नि समुदायले झाँकीहरु प्रशर्दन गरिएको थियो।

कार्यक्रमको सुरुवातमा नेपाली सेनाले राष्ट्रगानको धुन बजाएको थियो भने विभिन्न राष्ट्रिय गितको धुन बजाएको थियो।

त्यसपछि पशुपति क्षेत्र विकास कोषका १०८ बटुकले स्वस्ति बाचन गरेका थिए भने १०८ जना भिक्षुहरुले बौद्ध परम्परागतको मन्त्रोच्चारण गरेका थिए।

त्यसपछि इसाई, इस्लाम लगायतका ७ वटा धर्मको मन्त्र उच्चारण सहित कार्यक्रमको सुरु गरिएको थियो।

प्रकाशित: Jan 01, 2020| 14:27 बुधबार, पुस १६, २०७६
प्रतिक्रिया दिनुहोस्