बिहीबार, वैशाख १३, २०८१

जमघटले बदनाम बालुवाटार

प्रधानमन्त्रीको सरकारी निवास रहेका कारण काठमाडौंको बालुवाटार सधैंजसो समाचारमा आइरहन्छ।
 |  बुधबार, पुस १६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस १६, २०७६

काठमाडौं– प्रधानमन्त्रीको सरकारी निवास रहेका कारण काठमाडौंको बालुवाटार सधैंजसो समाचारमा आइरहन्छ। पछिल्लो केही महिनायता ललिता निवासको जग्गा प्रकरणका कारण बालुवाटार झन् चर्चित बनेको छ।

triton college

कम्युनिष्ट सरकारको नेतृत्व गर्दै केपी शर्मा ओली २०७४ फागुनमा बालुवाटार प्रवेश गरे। तत्कालीन संघीय समाजवादी फोरमले समर्थन गरेपछि ओली सरकार दुईतिहाइ बहुमत प्राप्त सरकार बन्न पुग्यो।

बालुवाटार प्रधानमन्त्रीको सरकारी निवास हो। शक्तिशाली सरकारका प्रधानमन्त्रीको निवास भएकाले बालुवाटार सबैको केन्द्र बन्ने नै भयो।

तर, देशकै ठूलो कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टी पनि बालुवाटारबाटै चलाउन थाले। तत्कालीन नेकपा (एमाले) र माओवादी (केन्द्र) एकीकृत भएर बनेको नेकपाको पहिलो केन्द्रीय समिति बैठक नै प्रधानमन्त्री निवासमा बस्यो। नेकपाको सचिवालय बैठक अपवादबाहेक बालुवाटारमै बस्दै आएको छ। त्यसबाहेक पार्टीका अन्य आन्तरिक बैठक पनि बालुवाटारमै गरिन्छ।

यसअघि १७ चैत २०७४ मा बालुवाटारमा प्रधानमन्त्री ओलीले कलाकारहरुका लागि पार्टी आयोजना गरेका थिए। अघिल्लो दिन आयोजित ‘दोस्रो फान अवार्ड’का सहभागीहरुलाई बालुवाटार बोलाइएको थियो।

corrent noodles
Metro Mart

०७५ भदौमा त प्रधानमन्त्री निवासमा ओली वंशको भेला नै आयोजना भयो। प्रधानमन्त्रीको सरकारी निवासमा ओली वंशको भेलालाई ‘बालुवाटारको बदनामी’को रुपमा लिइन्छ।

बालुवाटार दुरुपयोगको अर्को उदाहरण हो, यही पुस गतेको ‘कमरेड पत्रकार’को शपथग्रहण। नेकपा निकट पत्रकारहरुको संगठन प्रेस सेन्टरका संयोजक, सहसंयोजक तथा केन्द्रीय सदस्यहरुले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट प्रधानमन्त्रीको सरकारी निवासमा शपथ खाए। शपथ ग्रहणमा प्रधानमन्त्री ओली पनि उपस्थित थिए। शपथ ग्रहणपछि प्रेस सेन्टरको भेला पनि बालुवाटारमै भएको थियो।

प्रधानमन्त्रीको सरकारी निवासको दुरुपयोग भएको यो पहिलो पटक भने होइन। विगतमा पनि प्रधानमन्त्रीले आफ्नो सरकारी निवासमा पार्टीका कार्यक्रम गर्ने गर्थे। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले १४ पुस २०७४ मा बालुवाटारमै पार्टीको केन्द्रीय समिति बैठक राखेका थिए।

त्यसैगरी, तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री भएका बेला पार्टीका अधिकांश कार्यक्रम बालुवाटारमै गर्थे। माओवादीबाटै निर्वाचित भएका प्रधानमन्त्री डा। बाबुराम भट्टराईले भने यस्तो प्रवृत्ति देखाएनन्।

प्रधानमन्त्री ओलीले बालुवाटारमा सरकारी सम्पतिको दुरुपयोग गरेको विरोध पूर्वप्रधानमन्त्री भट्टराईले गर्दै आएका छन्। बालुवाटारमा नेकपाको पहिलो केन्द्रीय समितिको बैठक र शपथ ग्रहणका विषयमा भट्टराईले भनेका छन्, ‘विलयपश्चात् गठित पार्टीका नेतृत्वदायी कमरेडहरूले सामूहिक सपथ लिँदा एउटा थप शपथ आजै लिए कसो होला ? त्यो हो– हामी पार्टीका कुनै पनि कार्यक्रम प्रम निवास बालुवाटारमा गर्नेछैनौं र कहिल्यै सरकारी साधनश्रोतको दुरूपयोग गर्नेछैनौं।’

बालुवाटारमा पार्टीको गतिविधि गरेर प्रधानमन्त्री ओलीले भ्रष्टाचार गरेको आरोप राप्रपा अध्यक्ष कमल थापाले पनि लगाउँदै आएका छन्।

पत्रकार ध्रुवहरि अधिकारी पनि दलीय जमघट गरेर बालुवाटारलाई प्रधानमन्त्रीले दुरुपयोग गरेको बताउँछन्। ‘पार्टीका बैठक बालुवाटारमा नगर्ने प्रतिबद्धता आए त्यो एउटा जनमुखी काम ठहर्दो हो। सरकारी खर्चमा सञ्चालन हुने ठाउँको दुरुपयोग पार्टीको लागि नगरिदिए हुन्थ्यो,’ अधिकारी भन्छन्, ‘दलीय जमघट त धुम्बाराही, पेरिसडाँडा जता गरे पनि भयो नि।’

राष्ट्रको ढुकुटीबाट चल्ने बालुवाटारमा पार्टीगत बैठक र विभिन्न संघसंस्थाका कार्यक्रम गर्नु उपयुक्त होइन भनेर आवाज उठ्दै आएको छ। तर, यो एउटा परम्पराजस्तै बनिसकेको छ।

प्रकाशित: Jan 01, 2020| 08:45 बुधबार, पुस १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।