बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • पर्यटनमा नयाँ ट्रेन्ड : अन्तरिक्षमा होटलदेखि छालमा चिप्लेटीसम्म

पर्यटनमा नयाँ ट्रेन्ड : अन्तरिक्षमा होटलदेखि छालमा चिप्लेटीसम्म

नयाँ दशक आरम्भसँगै नयाँ पुस्ताका घुमन्ते मात्रै आएका छैनन्। आममानिसमा जलवायु परिवर्तनबारे चेतनासमेत देखा परेको छ।
 |  बुधबार, पुस १६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस १६, २०७६

नयाँ दशक आरम्भसँगै नयाँ पुस्ताका घुमन्ते मात्रै आएका छैनन्। आममानिसमा जलवायु परिवर्तनबारे चेतनासमेत देखा परेको छ।

triton college

कार्बनछापबारे कसरी व्यक्ति स्वयं जिम्मेवार छ र त्यसका लागि कममात्रै हवाईजहाजमा उड्ने देखि रुख रोप्नेसम्मको जनचेतना आएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो राष्ट्रपतीय कार्यकालका लागि भएको अग्रसरता होस् वा बेलायतको युरोपेली संघबाट बाहिरिएको प्रसंगले होस्, घुमन्ते मान्छेलाई युरोपको महँगो घेराबाहिर घुम्न प्रेरित गरिरहेको छ।

अबको पर्यटन क्षेत्र कस्तो हुन्छ र कहाँ पुग्दा पर्यटकले आनन्द महसुस गर्छ भन्ने नै पहिलो कुरा हो। सन् २०२० का १५ ट्राभल ट्रेन्ड यस्ता छन्:

१. अन्तरिक्षमा होटल

corrent noodles
Metro Mart

भर्जिन ग्यालान्टिकले आममान्छेलाई ९० मिनेट अन्तरिक्ष यात्रा गराउने समय आइसकेको छ।

ग्यालान्टिकले २०१९ को समर सिजनमै स्पेसपोर्ट अमेरिकाबाट पहिलोपटक अन्तरिक्षयात्रामा जाने यात्रुको तस्बिर सार्वजनिक गरिसकेको छ।

अमेजनका संस्थापक जेफ बेजोसको ब्लु ओरिजिन अन्तरिक्ष कम्पनी पनि आफ्नो न्यु सेफर्ड क्राफ्टबाट सन् २०२० मा पहिलोपटक अन्तरिक्ष पर्यटक उडाउन प्रयासरत छ।

स्पेस एक्सले सन् २०२३ सम्ममा एक जापानी खर्बपतिलाई चन्द्रमावरपरि घुमाउने र सन् २०२५ सम्ममा पहिलो अन्तरिक्ष होटल सञ्चालनको योजना बनाएको छ।

२. नग्न रेस्टुरेन्टमा लगानी


नग्न बिदा सुरु भएसँगै सन् २०२० मा स्विमवेयर लाउने प्रचलन अनिवार्य नभएर ऐच्छिक हुनेछ।

लन्डनको बुन्यादी नामक नग्न रेस्टुरेन्ट पुनः सञ्चालनका लागि लगानी खोजिरहेको छ।

सन् २०२० मा हाइकिङ, क्याम्पिङ, क्यान्योयिङ, क्रुज, पौडीदेखि योगसम्म प्राकृतिक रुपमा नग्न भएर गर्ने प्रचलन बढ्नेछ।

३. शाकाहारी भोजनमा आकर्षण

भेगान समाजका अनुसार सन् २०५० सम्ममा पृथ्वी पूर्ण रुपमा मासुमुक्त हुने हो भने ८० लाख मान्छेको ज्यान बच्नेछ।

दुई तिहाइका दरले हरितगृह ग्यास उत्पादनमा कमी आउनेछ।

सेनवरीले सन् २०१९ मा गरेको एक अध्ययनअनुसार सन् २०२५ सम्ममा २५ प्रतिशत बेलायती शाकाहारी वा कट्टर शाकाहारी हुनेछन्।

मासु र जनावर उत्पादन प्रयोग गर्दै नगर्ने जमात बढेसँगै त्यो रुचिअनुसारका होटलहरूको संख्या ह्वात्तै बढ्नेछ।

गत जुनमा सञ्चालनमा आएको साओर्सा नामक बेलायती होटल प्रथम भेगान होटल भएको छ। ११ कोठा भएको यो होटलमा जनावरबाट उत्पादन हुने उनी, सिल्क, भुवादेखि कुनै पनि सामग्री प्रयोग गरिएका छैनन्।

 

४. पुर्खाकाे खोजी

सामान्य पारिवारिक डीएनए जाँत त उपलब्ध छ। यसका साथै आफ्नो पुर्खा कहाँबाट आएका हुन् भन्ने कुरा डीएनए जाँचबाट सुरु भएको छ।

एमआइटी टेक्नोलोजी रिभ्युका अनुसार सन् २०१९ मा २ करोड ६० लाखभन्दा धेरैले पुख्र्यौली पत्ता लाउन डीएनए परीक्षण गरेका छन्।

एयरबीएनबीले हालसालै डीएनए ल्याब टुथ्री एन्ड मीसँग मिलेर पर्यटकलाई उनीहरुको जरा पत्ता लाउने हौसला दिइरहेको छ।

५. छालमा चिप्लेटी (सर्फिङ)

सन् २०२० मा सर्फिङ ( पानीको छालमा चिप्लेटी गर्दै खेलिने खेल) तर्फ आकर्षण बढ्नेछ।

जापानमा यसै वर्ष हुने ओलम्पिक खेलमा पहिलोपटक सर्फिङ समावेश भएसँगै यसको लोकप्रियता बढ्ने देखिन्छ।

वेभगार्डेन नामक कम्पनीले प्रतिघन्टा १ हजार ट्युब उत्पादन गर्ने गरी विश्वको पहिलो कृत्रिम छालको पार्कसमेत निर्माण गर्दै छ।

दक्षिण कोरियामा सन् २०२० मा सबैभन्दा ठूलो पार्क बन्ने कम्पनीले जनाएको छ।

६. खातैखातकाे सानदार खाट

ट्विन बेडहरु बोरिङ भइसके। होटलमा स्थापना भएका नयाँ बंकले परिवार तथा साथी समूहलाई हुने विकल्प दिइरहेका छन्।

बंक अर्थात् खातैखातको सानदार खाट यसको पहिलो प्रयोगकर्ता मियामीको लाइफ हाउस हो।

यसले आफ्ना तीन होटलमा यस्तो व्यवस्था गरिसकेको छ भने अर्को नयाँ थप्ने क्रममा छ।


७. विद्युतीय हवाईजहाज

उत्सर्जनविहीन उडान कुनै काल्पनिक सोचाइ लागे पनि यो वास्तविकता नजिकै छ।

रोल्स रोयसले सन् २०२० मा एसेल नामक विद्युतीय हवाईजहाज लोकार्पण गर्दै छ। यो हवाईजहाज ३०० एमपीएचसम्म उड्ने क्षमताको छ।

यसलाई बोइङ ७८७ सँग तुलना गर्न सकिन्छ जुन ५६० एमपिएचका दरले उड्न सक्छ।

यस्तै एयरबसले ए फ्यान एक्स एयरक्राफ्ट सन् २०२१ मा उडाउँदै छ। इजरायलको एभिएसन एलिस नामक पूर्ण विद्युतीय हवाईजहाज सन् २०२२ बाट उडाउने याेजना छ।

इजिजेटले राइट इलेक्ट्रिकसँग साझेदारी गरेर सन् २०३० भित्र विद्युतीय हवाईजहाज उडाउने लक्ष्य लिएको छ।

८. रेल यात्रामा आकर्षण

स्विडेनकी किशोरी तथा वातावरण अभियानकर्मी ग्रेता थुनबर्गले फ्लाइट सेमको अवधारणा व्यापक बनाएकी छन्।

यसले सचेत यात्रुलाई कमभन्दा कम हवाई सेवा लिन उत्पेरित गर्छ। आगामी दिनमा हवाईजहाजभन्दा रेलमा यात्रा गर्नेको संख्या बढ्ने देखिन्छ।

९. डिजिटल माेह घट्दाे

यात्राको आनन्दभन्दा पहिल्यै देखेको संसारमा रम्ने प्रचलन हटाउन स्पर्तान होलिडेजको अवधारणा आएको हो।

यस खाले होलिडेजमा मान्छेहरू सकेसम्म डिजिटल सामग्री बोक्दैनन्।

शारीरिक तथा मानसिक रुपमा मान्छेलाई स्वतन्त्र बनाउन र यात्राका क्रममा बाहिरी संसारसँग भन्दा आफैँसँग संवाद गराउन यो प्रचालन सुरु भएको हो। फरेस्ट माइक्रो होटलले यो ट्रेन्ड बढाएका छन्।

१०. जलवायु परिवर्तनबारे सजग

जलवायु परिवर्तनमा आफ्नो योगदान कम गर्न आगन्तुक सचेत हुन थालेका छन्।

पर्यटकहरू क्याइमेट न्युट्रल ट्रिप्स अर्थात् जलवायु परिवर्तन तटस्थ यात्रामा रमाउन थालेका छन्।

नवीकरणीय ऊर्जा क्षेत्रका परियोजना दान गर्ने देखि इकोसिया नामक सर्च इन्जिन चलाउने जस्ता सम्म काम प्रचलनमा छन्।

 

११. होटल पनि फिरन्ते

नोमाडिक अर्थात् फिरन्ते होटल अबको ट्रेन्ड हो। क्याम्पिङको आनन्दबाट प्रभावित भएर ७००,००० ह्युरेस नामक कम्पनीले विश्वभरमा नोमाडिक होटल सञ्चालन गर्ने योजना ल्याएको छ।

खुला आकाशमा अत्याधुनिक सुविधासहितका यस्ता होटल आगामी ६ महिनामा नयाँ ठाउँमा खोल्ने कम्पनीको योजना छ।

सन् २०२० को अप्रिलदेखि नोभेम्बरसम्ममा जापानका दुई क्षेत्रमा यस्ता होटल खोलिने कम्पनीको बताएको छ। 

१२. विमानमै बार

भीडभाड र तनावपूर्ण सस्ता उडानबाट टाढा जाँदै हवाईजहाजमा नयाँ आनन्दका अवसर पनि सञ्चालन हुँदै छन्।

भर्जिन एटलान्टिक, कतार एयरवेज र इमिरेट्सका बिजनेस क्लास हवाईजहाजमा बारसम्म सञ्चालन भइरहेका छन्।

यतिमात्रै हैन, एम एल्टिच्युट नामक डिजाइन स्टुडियोले लामो दुरीका प्लेनहरूमा अल्ट्राफ्लेक्स नामक ठूला स्पेस बनाउँदै छ।

यी स्पेसमा योग गर्नेसम्मका स्थान हुनेछन्।

 

१३. घरमै हाेटलकाे सुविधा

घरमा होटल अथवा होटलमा घरको अनुभव दिन नयाँ अभ्यास सुरु भएका छन्।

डोमियो नामक अमेरिकी कम्पनीका अमेरिका र बेलायतमा केही होटल छन्।

जहाँ ग्राहकलाई घरमै लगेर होटलका सुविधा दिइन्छ।

यस्तै लन्डन, पेरिस र लस एन्जलसमा आफ्ना शाखाहरु विस्तार गरिसकेकाे भेवे नामक कम्पनीले त एयरपोर्टबाट ग्राहकलाई होटलसम्म लगेर उसलाई मन परेका सामान फ्रिजमा हाल्दिने देखि घरेलु महसुस हुने सुविधा दिने ट्रेन्ड ल्याएको छ।

१४. विमानस्थलमा पर्याप्त खानेकुरा

फुडी एयरपोर्ट अर्थात् किनमेलका आवश्यक खाद्यान्नले भरिपूर्ण विमानस्थलको प्रचलन बढ्दो छ।

केही वर्षअगाडि आफूले चाहेको खानेकुरा किन्न मुस्किल पर्ने विमानस्थलमा अचेल भनेजत्ति सामान किन्न पाइन्छ।

सन् २०१९ को सेप्टेम्बरबाट सञ्चालनमा आएको बेइजिङको डेजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा थुप्रै खानेकुरा बिक्री केन्द्रहरु छन्। सिंगापुरको चाङ्गी विमानस्थलमा पनि क्याफेदेखि रेस्टुरेस्टहरु अत्यन्तै धेरै छन्।

 

१५. समावेशी रेस्टुरेन्ट

समुद्रमा गरिने शानदार पानीजहाज यात्रा अर्थात् हिपस्टार क्रुजसमेत सुरु हुने भएको छ।

रिचर्ड बान्सनको नयाँ भर्जिन भेयाज नामक यात्रामा खुला अकाशमुनिको जिमखानादेखि ट्याटु पार्लरसम्मका सुविधा हुनेछन्।

सबैखाले बियरहरु भएको समावेशी रेस्टुरेन्ट भएको यो सामुद्रिक यात्राको सुरुवात सन २०२० मै हुनेछ।

 

(कोन्डे नास्ट ट्राभलर नामक बेलायती पर्यटन म्यागाजिनमा प्रकाशित यो आलेख विराट अनुपमले भावानुवाद गरेका हुन्)

प्रकाशित: Jan 01, 2020| 04:43 बुधबार, पुस १६, २०७६
प्रतिक्रिया दिनुहोस्