बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कर्णाली सरकारले छान्यो ४० गन्तव्य, एक लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य

कर्णाली सरकारले छान्यो ४० गन्तव्य, एक लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य

आज (बुधबार) देखि ‘नेपाल भ्रमण वर्ष २०२०’ सुरु भएको छ। केन्द्र सरकारले घोषणा गरेको यो महत्वाकांक्षी अभियानलाई सफल बनाउन प्रदेश सरकारले पनि भरमग्दुर प्रयत्न गरिरहेका छन् ।
 |  बुधबार, पुस १६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस १६, २०७६

सुर्खेत। आज (बुधबार) देखि ‘नेपाल भ्रमण वर्ष २०२०’ सुरु भएको छ। केन्द्र सरकारले घोषणा गरेको यो महत्वाकांक्षी अभियानलाई सफल बनाउन प्रदेश सरकारले पनि भरमग्दुर प्रयत्न गरिरहेका छन् ।

triton college

यसै क्रममा कर्णाली प्रदेशले यहाँका ४० वटा पर्यटकीय गन्तव्य छनोट गरेको छ । भ्रमर्ण वर्ष २०२० मा एक लाख विदेशी पर्यटकसहित कर्णालीमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य प्रदेश सरकारको छ ।

स्वर्गकी अप्सराका नामले चिनिने मुगुको राराताल, डोल्पाको शे–फोक्सुन्डो, सल्यानको कुपिन्डे दह, रुकुमपश्चिमको स्यार्पुताल, सुर्खेतको बुलबुले, काँक्रेविहार र दैलेखेको पञ्चकोशी लगायत छनोट भएका हुन्।

त्यस्तै भेरी र कर्णालीमा राफ्टिङ, कालिकोटस्थित ३ सय १८ मिटर अग्लो पचालझरण, युद्ध पर्यटकीय स्थल पिली, हुम्लाको लिमी उपत्यका, खसभाषाको उद्गमस्थल जुम्लाको सिंजा, जाजरकोट दरबार लगायत ४० वटा स्थानलाई पर्यटकीय गन्तव्यका रुपमा छनोट गरिएको छ ।

यसैबीच भ्रमण वर्षलाई सफल बनाउन यहाँ कर्णालीमा आउने पर्यटकलाई विशेष छुट दिइने भएको छ । सुुर्खेतका होटल व्यवसायीहरुले पर्यटकलाई २० प्रतिशत छुट दिने भएका छन ।

corrent noodles
Metro Mart

होटल व्यवसायी संघ सुुर्खेतले आन्तरिक तथा बाह्य पर्यटकलाई १० प्रतिशत खाना र अवासमा १० प्रतिशत छुट दिने निर्णय गरेको छ । संघका अध्यक्ष गोरख रावतले कर्णालीमा पर्यटकहरुलाई आकर्षित गर्नका लागि छुट गरिएको बताए ।

यस्तै कर्णालीमा आउने पर्यटकले राफ्टिङमा पनि छुट पाउने भएका छन् । राफ्टिङ एण्ड एडभेन्चर प्रालि पञ्चपुरी सुुर्खेतले ५० प्रतिशत छुट दिने जनाएको छ । प्रालिका निर्देशक देवराज जैसीले कम्पनीले पर्यटन बर्ष २०२० अवधिभर ५० प्रतिशत छुट दिने बताए ।

उनका अनुसार भेरी नदीको जामुु पुलदेखि भेरी कर्णाली दोभान हुुँदै कुहिने पुलसम्म १५ किलोमिटर राफ्टिङमा दुुई हजार शुल्क भएकोमा जनवरी एकदेखि एक हजार मात्र शुल्क लिइने छ ।

कर्णाली प्रदेशमा पर्यटकीय स्थल बुलबुलेबाट भ्रमण वर्षको शुुभारम्भ गरिनेछ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेश पर्यटन प्रवद्र्धन समिति र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजनामा कार्यक्रम गर्ने छन् ।

उद्घाटन समारोहमा कर्णाली प्रदेहकोे छुट्टै पहिचान झल्कने लोगो सार्वजनिक गरिने छ । यस्तै भ्रमण वर्षको पहिलो दिन कर्णालीमा आउने पर्यटकहरुलाई विमानस्थल र नाकाहरुमा सम्मान गरिनेछ ।

प्रकाशित: Jan 01, 2020| 05:10 बुधबार, पुस १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।