बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • यस्तो रहेछ, प्रधानमन्त्री देउवाले भक्तपुर सभापति दुर्लभलाई 'थर्काउनु'को कारण

यस्तो रहेछ, प्रधानमन्त्री देउवाले भक्तपुर सभापति दुर्लभलाई 'थर्काउनु'को कारण

सार्वजनिक भिडियोमा देखिएको यो आक्रोशपूर्ण देउवाको भनाइका विषयमा हामीले भक्तपुर सभापति थापासँग जिज्ञासा राखेका थियौँ। उनका अनुसार सभापति झ्वाँक्किएका भने होइनन्।
 |  शुक्रबार, भदौ १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १८, २०७८

काठमाडौं– शुक्रबारदेखि नेपाली कांग्रेसका १४औं महाधिवेशनको प्रक्रिया आरम्भ भएको छ। ५६ जिल्लामा वडा तहको अधिवेशन सुरु भइरहेका थिए। त्यही मेसोमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुन्जे पुगे। वडा अधिवेशन उद्घाटन गर्न पुगेका देउवा कार्यक्रमका प्रमुख अतिथि थिए। कार्यक्रम चलिरहँदा मन्तव्य दिने पालो आयो– भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाको। 

triton college

मन्तव्यका क्रममा थापाले एमाले नेता महेश बस्नेतले दिएको अभिव्यक्तिलाई उल्लेख गरे। केही साताअघि बस्नेतले भक्तपुरमा एमाले विभाजनको असर नरहेको उल्लेख गर्दै कांग्रेस सभापति देउवा नै चुनाव लड्न आएपनि पराजित गर्ने दाबी गरेका थिए। 

बस्नेतको उक्त अभिव्यक्तिलाई स्मरण गर्दै थापाले भनेका थिए– महेश बस्नेतजीले हाम्रा आदरणीय सभापति (देउवा)लाई चुनाव हराउने दाबी गर्नुभएको थियो। तर, यहाँ कांग्रेसका सामान्य कार्यकर्ताले पनि उहाँसँग प्रतिस्पर्धा गर्ने र हराउने ल्याकत राख्छन्।  

जब थापाले आफ्नो मन्तव्य सकेर आफू आसीन स्थान तर्फ फर्किँदै थिए। तर देउवा उनीसँग झोक्किन पुगे। खासमा थापाले मन्तव्यमा उल्लेख गरेको महेश बस्नेतको प्रसंग देउवाले बुझेका थिएनन् र झोक्किन पुगेका थिए। आफूले भक्तपुरमा चुनाव लड्ने घोषणा नगरेको तर थापाले त्यही आशयमा मन्तव्य राखेको भन्दै देउवा आक्रोशित देखिन्थे।  

थापा आफ्नो छेउमा आइपुगेपछि देउवाले झोक्किँदै भने, ‘झुट बोल्ने तपाईँ! दुनियाँले सुनिरहेका छन्!’ देउवा आक्रोशित बनेपछि थापाले भने, ‘तपाईं चुनाव लडेपनि हराउने भनिरा’छ त महेश बस्नेतले।’ 

corrent noodles
Metro Mart

तर, देउवाको आक्रोश यतिमै रोकिएन। थप आक्रोशित हुँदै उनले भने- को लड्दैछ यहाँ? हावा बोल्ने? तपाईँ त खत्तम मान्छे हुनुदो रहेछ यार! 

सार्वजनिक भिडियोमा देखिएको यो आक्रोशपूर्ण देउवाको भनाइका विषयमा हामीले भक्तपुर सभापति थापासँग जिज्ञासा राखेका थियौँ। उनका अनुसार सभापति झ्वाँक्किएका भने होइनन्।

त्यसपछि थापाले जवाफ दिन्छन्– तपाईंलाई यहाँ चुनाव लड्न चुनौती दिएका छन् महेश बस्नेतले। 

देउवा अझै 'कुल' हुँदैनन् र भन्छन्– कस्तो कुरा गर्छ यार! 

यसपछि देउवा एकछिन रोकिन्छन् र फेरि भन्छन्– चुनाव लड्न चुनौती दिए भनेर भाषण गर्दै हिड्ने तपाई? के कुरा गर्नु!

सार्वजनिक भिडियोमा देखिएको यो आक्रोशपूर्ण देउवाको भनाइका विषयमा हामीले भक्तपुर सभापति थापासँग जिज्ञासा राखेका थियौँ। उनका अनुसार सभापति झ्वाँक्किएका भने होइनन्। 'खासमा आफूले भनेको कुरामा थोरै 'मिसअन्डरस्ट्यान्डिङ' भएको हो। मैले भाषणका क्रममा महेश बस्नेतले उहाँलाई चुनाव लड्ने चुनौती दिएको कुरा बोलेको थिएँ,' थापाले भने, 'सभापतिले प्रष्ट  रूपमा यो बुझ्नुभएनछ र सोध्नुभएको हो। मैले बुझाएपछि त्यसको जवाफ उहाँ आफैं दिनुभयो।’ 

थापाले यस विषयमा बुझाएपछि देउवा शान्त भएका थिए। यसको केही समयपछि मन्तव्य राख्ने पालो आयो कार्यक्रमका प्रमुख अतिथि रहेका प्रधानमन्त्री देउवाको। त्यस क्रममा उनै थापातर्फ लक्षित गर्दै देउवाले एमालेका महेश बस्नेतलाई हराएर देखाउन आग्रह गरे। ‘यहाँ महेश बस्नेतजीले मलाई चुनाव जित्ने भन्छन्। पहिले दुर्लभ थापालाई हराएर देखाउनुस्, त्यसपछि मसँग लड्न आउनुहोला।’

प्रकाशित: Sep 03, 2021| 18:24 शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...