शुक्रबार, वैशाख ७, २०८१

उखु किसानको आन्दोलनलाई कांग्रेसको समर्थन

ख प्रतिपक्षी दल नेपाली कांग्रेसले उखु किसानहरुको आन्दोलनाई समर्थन गरेको छ।
 |  मंगलबार, पुस १५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १५, २०७६

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उखु किसानहरुको आन्दोलनाई समर्थन गरेको छ।

triton college

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रेस विज्ञप्ति जारी गर्दै उखु किसाहरुको आन्दोलनमा पार्टीको समर्थन गरहेको जनाएका छन्।

‘किसानले आफ्नो उखु बिक्री गरेबपत रकम भुक्तानी नपाएकोप्रति नेपाली कांग्रेस संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको छ । यस विषयप्रति सरकार एवं सम्बन्धित सबै पक्ष गम्भीर हुनु जरुरी छ,’ खाँणद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

उखु बिक्रीबापत पुरानो तथा नयाँ भुक्तानी उपलब्ध गराउने विषयमा पटक–पटक सरकारी निकायको रोहबरमा किसान र उद्योगीबीच सहमति भए पनि हालसम्म कार्यान्वयन नहुनु अत्यन्त दुखद भएको विज्ञप्तिमा जनाइएको छ।

‘उखु किसानले आफ्नो उत्पादन बिक्रीको भुक्तानीका लागि काठमाडौंसम्म आएर आन्दोलन गर्नुपर्ने बाध्यता सृजना भएको छ । उक्त आन्दोलनमा उठाइएका मागप्रति नेपाली कांग्रेस संसदीय दलको पूर्ण समर्थन रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘लामो समयदेखि ध्यानाकर्षण गराउँदा पनि उक्त विषयमा सरकार उदासिन हुनु, लज्जास्पद विषय हो।’

corrent noodles
Metro Mart

आन्दोलनमा रहेका किसानका मागहरुलाई तत्काल सम्बोधनका लागि सरकारले विशेष पहल गर्न तथा आवश्यक प्रकृया अगाडि बढाउनका लागि नेपाली कांग्रेस संसदीय दलले माग गरेको छ।

प्रकाशित: Dec 31, 2019| 09:44 मंगलबार, पुस १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।