शनिबार, वैशाख ८, २०८१

सेनामा पदीय हैसियतमा हुने शारीरिक सम्बन्ध वर्जित

नेपाली सेनामा कार्यरत सेनाले अब सहमतिमा पनि यौन सम्बन्ध राख्न नपाउने भएका छन् । सर्वोच्च अदालतले दुई सैनिकबीच भएको यौन प्रकरणमा
 |  मंगलबार, पुस १५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १५, २०७६

काठमाडाैं- नेपाली सेनामा कार्यरत सेनाले अब सहमतिमा पनि यौन सम्बन्ध राख्न नपाउने भएका छन् ।

triton college

सर्वोच्च अदालतले दुई सैनिकबीच भएको यौन प्रकरणमा सोमबार फैसला गर्दै सैनिक सेवामा आपसी सहमतिमा भएको यौन सम्बन्धलाई पनि अपराध ठहर गरेको हो ।

नेपाली सेनामा कार्यरत सहसेनानी भूपेन्द्र खड्काले आफ्नै कार्यालयमा काम गर्ने कुचिकार एक महिलासँग यौनसम्बन्ध राखेको विषयमा फैसला गर्दै सर्वोच्चले पदीय हैसियत र प्रभावमा हुने ‘शारीरिक सम्बन्ध’लाई पेशागत मर्यादाविरुद्ध भएको ठहर गरेको छ।

यहि फैसलाका आधारमा सर्वोच्चले पुरुष ठूलो पदमा र महिला सानो पदीय ओहोदामा रहेकाले सहमतिमै भए पनि यसलाई यौन शोषण मानेको छ। यस्तो खालको यौनसम्बन्धलाई जानेर, बुझेर दिइएको सहमति मान्न नसकिने सर्वोच्चले नजिर प्रतिपादन गरेको छ।

पदीय शक्तिका कारण यौनसम्बन्ध सहमतिमै भए पनि अपराध ठहर्ने सर्वोच्चको निक्र्योल छ । माथिल्लो अधिकृतबाट तल्लो स्तरका सैनिक कर्मचारी दबाब र प्रभावमा यौन शोषणमा पर्न सक्ने आशंकासमेत सर्वोच्चले उब्जाएको छ।

corrent noodles
Metro Mart

न्यायाधीशद्वय सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले यसअघि समरी जनरल सैनिक अदालतले गरेको फैसला सदर गर्दै सैनिक अधिकृतलाई सेवाबाट हटाउने ठहर गरेको हो।

कानुनअनुसार समरी जनरल सैनिक अदालतले २०६९ पुस ५ मा कानुनअनुसार २० दिन कैद र भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने फैसला गरेको थियो।

त्यसैगरी सैनिक विशेष अदालतले सुरुकै फैसला सदर गरेको थियो। सर्वोच्चले समरी जनरल अदालतको फैसला सदर गरेको हो।

२०६९ भदौ ३० मा चण्डीप्रसाद गण नागपोखरी ब्यारेकमा कार्यरत खड्का वीरेन्द्र अस्पताल छाउनीमा कार्यरत कुचिकार एक महिलासँग काठमाडौंबाट महेन्द्रनगरतर्फ जाँदै थिए। प्रहरी प्रभाग नागढुंगाले खड्कालाई बसबाटै पक्राउ गरी सैनिक प्रहरी गणमा बुझाएको थियो।

अनुसन्धानपछि सैनिक अदालत नियमावलीअनुसार दुवैजना सैनिक भएर पटकपटक अनैतिक शारीरिक सम्पर्क राखेको ठहरिएको थियो। महिला गर्भवती भएकाले गर्भपतन गराउन महेन्द्रनगरतर्फ लैजान लागिएको भन्दै प्रहरीमा उजुरी परेपछि पक्राउ गरिएको थियो।

प्रकाशित: Dec 31, 2019| 02:03 मंगलबार, पुस १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।