शनिबार, वैशाख ८, २०८१

अंग्रेजी नयाँ वर्षमा काठमाडौंमै हिमपातको सम्भावना

काठमाडौं उपत्यकासहित देशका अधिकांश भागमा फेरि वर्षा हुने भएको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना देखिएको
 |  सोमबार, पुस १४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस १४, २०७६

काठमाडौं- काठमाडौं उपत्यकासहित देशका अधिकांश भागमा फेरि वर्षा हुने भएको छ। उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

triton college

महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका कारण अग्रेजी नयाँ वर्षको दिन (बुधबार) वर्षा र हिमपातको सम्भावना देखिएको हो ।

देशको पश्चिमी क्षेत्रबाट वर्षा र हिमपात सुरु हुने र यो क्रम बिहीबारसम्म जारी रहने मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् । उनका अनुसार काठमाडौं उपत्यका आसपासका डाँडाहरुमा पनि हिमपातको सम्भावना देखिएको छ ।

पश्चिमबाट भित्रिने पश्चिमी वायु शुक्रबारमात्रै पूर्वी क्षेत्रमा पुगेर बाहिरिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभाव भोलि (मंगलबार) बाट नै देखिन सुरु गर्ने मौसमविद् नगरकोटीले बताइन्। उनका अनुसार मंगलबार मौसम धुम्म हुने र बुधबारबाट वर्षा र हिमपात हुनेछ ।

corrent noodles
Metro Mart

आज (सोमबार) भने पहाडी क्षेत्रमा घाम लागेको छ भने तराईका जिल्लाहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ । तराईका जिल्लामा पनि बुधबार फाट्टफुट्ट वर्षा हुन सक्ने जनाइएको छ ।

वर्षा र हिमपातसँगै देशभरको तापक्रम फेरि घट्न सक्ने मौसमविद् नगरकोटीले बताइन् । मौसम पूर्वानुमान महाशाखाले चिसोबाट जोगिन अपिल पनि गरेको छ ।

 

प्रकाशित: Dec 30, 2019| 04:07 सोमबार, पुस १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।