शुक्रबार, वैशाख १४, २०८१

महाकालीको सीमामा धमाधम संरचना बनाउँदै भारत

चिसो बढेकाले नेपालका बासिन्दा तल्लो भेगमा झरेको मौका छोपेर भारतले ब्यास गाउँपालिका क्षेत्रमा पर्ने अन्तर्राष्ट्रिय सीमामा धमाधम संरचना बनाउन थालेको छ ।
 |  सोमबार, पुस १४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस १४, २०७६

काठमाडौं– राजधानीबाट आज प्रकाशित दैनिक पत्रपत्रिकाले विभिन्न विषयलाई पहिलो पृष्ठमा प्रकाशित गरेका छन्।

triton college

कान्तिपुर दैनिकले ‘महाकालीमा मौका छोप्दै भारत’ शीर्षकको समाचारलाई मुख्य बनाएको छ। “चिसो बढेकाले नेपालका बासिन्दा तल्लो भेगमा झरेको मौका छोपेर भारतले ब्यास गाउँपालिका क्षेत्रमा पर्ने अन्तर्राष्ट्रिय सीमामा धमाधम संरचना बनाउन थालेको छ,” कान्तिपुरले लेखेको छ।

यस्तै, सोही दैनिकले ‘सच्चिएन सूचना प्रविधि विधेयक’ शीर्षकको समाचारलाई पनि पहिलो पृष्ठमै स्थान दिएको छ।

नयाँ पत्रिका दैनिकले ‘सरकार र उद्योगीले तीन अर्ब भुक्तानी नदिँदा उखु किसान मर्कामा’ शीर्षकको समाचारलाई मुख्य बनाएको छ। “सरकारको उपेक्षा र चिनी उद्योगको शोषणले विपन्न उखु किसान पिल्सिएका छन्। उखु किनेका उद्योगले एक अर्ब ४१ करोड तिरेका छैनन्। कतिपयले पाँच वर्षदेखिको पैसा नतिरेको भन्दै उखु किसान काठमाडौं आएर धर्नामा बसेका छन्। सरकारले उनीहरूलाई न्याय दिने आश्वासन दिएको छ। तर, सरकारले आफैले दिनुपर्ने एक अर्ब ३४ करोड अनुदानसमेत दिएको छैन,” नयाँ पत्रिकाले लेखेको छ।

नयाँ पत्रिकाले ‘जापानले अनुदानमा दिएको ४८५ क्विन्टल चामल खाद्यमा कुहियो’ शीर्षकको समाचारलाई पनि पहिलो पृष्ठमै स्थान दिएको छ। यस्तै, सोही दैनिकले ‘भारतीय नागरिकताको विषयमा पूर्वगृह राज्यमन्त्रीको सतही प्रतिक्रिया’ शीर्षकको समाचार पनि पहिलो पृष्ठमै प्रकाशित गरेको छ।

corrent noodles
Metro Mart

नागरिक दैनिकले रोल्पामा विकासका नाममा ग्रामीण क्षेत्रमा मापदण्डविपरीत सडक खनिएको विषयलाई मुख्य समाचार बनाएको छ। नागरिकले उक्त समाचारलाई ‘जबरजस्ती विकास’ शीर्षक दिएको छ।

सोही दैनिकले ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना : महत्त्वाकांक्षी कार्यक्रम, निराशाजनक कार्यान्वय’ शीर्षकको समाचारलाई पनि पहिलो पृष्ठमै प्रकाशित गरेको छ। यस्तै, सामाजिक सञ्जालमा जथाभावी बोल्न लगाएको अंकुशसम्बन्धी समाचारलाई पनि पहिलो पृष्ठमै स्थान दिइएको छ।

अन्नपूर्ण पोस्ट दैनिकले ‘केन्द्रनिर्भर प्रदेश’ शीर्षकको समाचारलाई पहिलो पृष्ठमा छापेको छ।

 

प्रकाशित: Dec 30, 2019| 00:58 सोमबार, पुस १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।