शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • चिनी मिलले डुबाए किसानको ७१ करोड, माइतीघरमा धर्ना बस्दै पीडित

चिनी मिलले डुबाए किसानको ७१ करोड, माइतीघरमा धर्ना बस्दै पीडित

सर्लाहीका दुईवटा चिनी मिलले उखु किसानको ७१ करोड रुपैयाँ डुबाएपछि पीडित किसान न्याय खोज्दै काठमाडौं आइपुगेका छन्।
 |  आइतबार, पुस १३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस १३, २०७६

काठमाडौं। सर्लाहीका दुईवटा चिनी मिलले उखु किसानको ७१ करोड रुपैयाँ डुबाएपछि पीडित किसान न्याय खोज्दै काठमाडौं आइपुगेका छन्। चिनी मिलहरूले सात वर्षदेखि उखुको भुक्तानी नगरेपछि पीडित किसानहरु काठमाडौं आएर धर्नामा बसेका हुन् । पीडित किसानहरुका अनुसार अन्नपूर्ण मिलले ५० करोड र महालक्ष्मी मिलले २१ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

triton college

काठमाडौं आएपछि पुसको चिसोमा खाने र बस्ने ठेगानसमेत नभएका उखु किसानहरू केही दिनयता माइतीघरमा नियमित धर्नामा बस्छन्। पुरानो सबै रकम भुक्तानी नदिएसम्म उखु नकाट्ने र कुनै पनि हालतमा मिल चल्न नदिने किसानहरुको चेतावनी छ ।

उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरेश्याम रायले किसानले २०७० बाट उखुको भुक्तानी नपाएको बताए । मिलहरुसँग बाँकी रकम भुक्तानीका लागि यसअघि पटक–पटक सम्झौता भए पनि कार्यान्वयन नहुँदा बाध्य भएर काठमाडौैं आएर धर्ना बसेको उनले सुनाए।

‘असार मसान्तसम्म पुरानो बक्यौता रकम भुक्तान गर्ने र गत कात्तिक मसान्तसम्ममा नयाँ भुक्तानी उपलब्ध गराउने भनेर जिल्ला प्रशासन कार्यालय, उद्योगी र किसानबीच गत जेठ ६ गते सहमति भएको थियो,’ रायले भने, ‘सरकारी निकायले पनि चासो नदिएकाले आन्दोलन गर्न राजधानी आइपुगेका छौं।’

राजनीतिक पहुँच भएका किसानले भुक्तानी पाए पनि पहुँच नभएका किसानले हालसम्म रकम नपाएको गुनासो किसानको छ। रायका अनुसार अन्नपूर्ण सुगर मिलबाट १२ हजार किसानले भुक्तानी पाउन बाँकी छ। एउटै किसानले २५ हजारदेखि २५ लाख रुपैयाँसम्म भुक्तानी लिन बाँकी रहेको उनले जानकारी दिए।

corrent noodles
Metro Mart

संघर्ष समितिले माग तत्कालै सुनुवाइ नभए यसै साता बालुवाटारस्थित प्रधानमन्त्रीको निवास र संघीय संसद् भवन घेराउ गर्नेसम्मका कार्यक्रम तय गरेको छ। किसानहरूले उखुको मूल्य पनि सरकारले तोकेअनुसार कार्यान्वयन हुनुपर्ने बताउँदै आएका छन् । मिलहरूले अहिले आफूखुसी पाँच सय रुपैयाँ दिँदै आएकामा सरकारले निर्धारण गरेको पाँच सय ३६ प्रतिक्विन्टल कायम गर्नुपर्ने माग किसानहरूको छ।

मन्त्रिपरिषद्को बैठकमार्फत् सरकारले यो वर्षका लागि प्रतिक्विन्टल उखुलाई पाँच सय ३६ रुपैयाँ ६५ पैसा मूल्य निर्धारण गरेको छ।

प्रकाशित: Dec 29, 2019| 11:51 आइतबार, पुस १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।