जनकपुरधाम- अत्याधिक चिसोका कारण जनकपुरमा एक महिलाको मृत्यु भएको छ।
चिसोको कारण जनकपुरधाम उपमहानगरपालिका–२३ बस्ने ४४ वर्षीया सुनितादेवी कापडीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले बताए।
यसैगरी चिसोबाटबँच्न घुर ताप्ने क्रममा आगोमा पोलिएर ६ जना घाइते भएका छन्।
घाइतेमध्ये केहीको काठमाण्डुस्थित कीर्तिपुर र केहीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी कँणेलले बताए।
घुरका कारण ज्यान जोखिममा पर्ने भएकोले घुर नताप्न उनले आग्रह समेत गरेका छन्।