शनिबार, वैशाख ८, २०८१

अनौठा पाठ्यक्रम : भूत विद्यादेखि असल पति–पत्‍नी कसरी बन्‍नेसम्म

धेरैजसो अभिभावकलाई आफ्ना छोराछोरीले कुनै राम्रो ‘स्कोप’ भएको विषय पढुन् भन्ने चाहना हुन्छ।
 |  आइतबार, पुस १३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस १३, २०७६

काठमाडौं- धेरैजसो अभिभावकलाई आफ्ना छोराछोरीले कुनै राम्रो ‘स्कोप’ भएको विषय पढुन् भन्ने चाहना हुन्छ। विद्यार्थीलाई पनि विश्वविद्यालय तहमा गएर राम्रो विषय जस्तै विज्ञान, अर्थशास्त्र वा अन्य कुनै चर्चित विषय पढ्ने रहर हुन्छ।

triton college

त्यसबाहेक कतिपय परम्परागत विषयहरु हुन्छन्। ती विषय वर्षौँदेखि विश्वविद्यालयको कोर्षमा हुन्छन्। सजिलो पनि हुने, सामान्य रोजगारी पनि प्राप्त भइहाल्ने खालका।

तर पछिल्लो समय कक्षा १२ पास गरेका विद्यार्थीहरुलाई विभिन्न देशले विभिन्न खालका आश्चर्यजनक पाठ्यक्रम (कोर्ष) हरु डिजाइन गरिरहेका छन्।

कतिपय विद्यालय स्तरमै पनि यसप्रकारका कोर्षहरु डिजाइन गरिएका छन्, जुन कुरा सुन्दा हाँसो पनि उठ्न सक्छ।

सन् २०१९ सकिनै लाग्दा विभिन्न देशमा डिजाइन गरिएका यस्तै केही अनौठा कोर्षहरु यहाँ प्रस्तुत गरिएको छ।

corrent noodles
Metro Mart

भूत विद्या

भारत उत्तर प्रदेशको वाराणशीस्थित काशी हिन्दू विश्वविद्यालय (बीएचयु) ले भूत विद्याको कोर्ष सुरु गर्दैछ। बीएचयुको आयुर्वेद संकायमा भूत विद्या (साइन्स अफ पारानर्मल) को पढाइ हुन लागेको हो।

यो ६ महिनाको कोर्ष हुनेछ। यसमा मानसिक विचलन, उपचार र मनोचिकित्सकको बारेमा पढाइ हुनेछ।

विश्वविद्यालयका अनुसार यसको एउटा स्वतन्त्र इकाई हुनेछ। यो अष्टांग आयुर्वेदको एउटा शाखामध्ये एक हो।

असल पति–पत्नि कोर्ष

यो एउटा ‘प्रि म्यारिज’ कोर्ष हो। यो कोर्ष इन्डोनेसियाको एउटा सरकारी विश्वविद्यालयले सुरु गरेको छ। बिहेभन्दा अघि पढ्ने यो कोर्ष जम्मा ३ महिनाको हुनेछ। यो पढ्ने विद्यार्थीले राम्रो पति वा पति बन्न अपनाउने उपायहरु बारे पढ्न पाउनेछन्।

यो कोर्षका माध्यमबाट विद्यार्थीलाई ‘प्रि-म्यारिज काउन्सिलिङदेखि लिएर प्रजनन स्वास्थ्यसम्म विभिन्न अत्यावश्यक जानकारी प्रदान गरिनेछ।

सिक्न सिक्ने कोर्ष

यो सुन्दै आश्चर्य लाग्ने कोर्ष हाे। कसरी सिक्ने भन्ने कुरा पढाइ हुन्छ यो कोर्षमा। कुनै पनि चिज कसरी सिक्ने भन्ने विषयबारे पनि विभिन्न पुस्तकबाट पढाउने गरी यो कोर्ष बनाइएको छ। यो सिकाइलाई ‘लर्नबिलिटी’ भनिन्छ।

क्यानडाको म्याक मास्टर विश्वविद्यालय र अमेरिकाको क्यालिफोर्नियास्थित युसी सान डिएगोमा पढाइ हुने यो कोर्ष लोकप्रिय पनि छ।

विशेषज्ञहरुका अनुसार लर्नविलिटी पढ्न र सिक्न चाहनेका लागि निकै महत्वपूर्ण छ। किनकी आगामी दिनहरुमा मानिसको जागिरको अवस्था कस्तो रहला त्यसको कुनै ग्यारेन्टी छैन। जुनसुकै विषयमा जतिबेला पनि ज्ञान हासिल गर्न मानिस तत्पर रहनुपर्ने अवस्था छ।

यो कोर्ष सन् २०१९ मा विश्वको लोकप्रिय १० कोर्षभित्र परेको छ।

ब्युटी प्याजेन्ट्स

अमेरिकाको ओबर्लिन कलेजले यो कोर्ष सन् २०११–१२ मा सुरु गरेको थियो। यो कोर्ष सौन्दर्य क्षेत्रमा जान चाहने विद्यार्थीले पढ्दै आएका छन्।

गेम अफ थ्रोन्सदेखि ह्यारी पोर्टरसम्म

कतिपय टेलिभिजन शो, वेब सिरिज तथा फिल्म कथाकै विषयमा समेत विश्वविद्यालयमा कोर्ष बनेको छ।

जसमा अमेरिकाका निकै लोकप्रिय टेलिभिजन शो गेम अफ थ्रोन्स र हलिउड चलचित्र ह्यारी पोर्टरबाट बनेका कोर्ष सबैभन्दा लोकप्रिय छन्।

भारतको कोलकातास्थित नेशनल युनिभर्सिटी अफ ज्युरिडिकल साइन्सेज (एनयूजेएस) मा ह्यारी पोर्टरमा नयाँ कोर्ष सुरु भएको छ।

यसको उद्देश्य ह्यारी पोर्टरकी लेखिका जेके लोलिङको काल्पनिक संसारका कानुनी पक्षहरुको अध्ययन गर्नु हाे।

सन् २०१९ मा गुगलमा निकै सर्च भएको गेम अफ थ्रोन्समाथि तयार कोर्षमा हावर्ड विश्वविद्यलयमा पढाइ सुरु भइसकेको छ।

बबल्समाथि कोर्ष

पानी वा अन्य कुनै वस्तुको बबल्स बनाएको तपाई‌ले देख्नु भएकै होला। यसको बारेमा स्कुलमा पढ्नु भएको पनि होला। तर अब यो कसरी बन्छ भन्ने विषयमा समेत पढ्न पाइने भएको छ।

अमेरिकाको क्यालिफोर्नियास्थित इन्स्टीच्युट अफ टेक्नोलोजीमा यसबारे पढाइ हुने कोर्ष डिजाइन भएको छ जसको नाम राखिएको छ, ‘क्याबिटेसन एण्ड बबल डायनामिक्स।’

अध्ययन कर्ताहरुका अनुसार बबल्सको पछाडि जुन फिजिक्सले काम गरेको हुन्छ, उसलाई कम्प्युटिङलगायत विज्ञानका अन्य क्षेत्रमा पनि अध्ययनका लागि काम गर्न सकिन्छ। त्यसैकारण यो कोर्षको डिजाइन गरिएको हो।

एजेन्सीकाे सहयाेगमा

प्रकाशित: Dec 29, 2019| 09:56 आइतबार, पुस १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।
पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।
बालेनका नाममा २८ केजीको खसी बाजी!

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।
जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।
जसले १० करोड रङलाई चिन्न सक्छिन्

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।