बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • विवादित सूचना–प्रविधि विधेयक संसदीय समितिबाट पारित, कांग्रेसको विरोध

विवादित सूचना–प्रविधि विधेयक संसदीय समितिबाट पारित, कांग्रेसको विरोध

विवादित बन्दै आएको सूचना प्रविधिसम्बन्धी विधेयक प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिबाट पारित भएको छ ।
 |  आइतबार, पुस १३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस १३, २०७६

काठमाडौं– विवादित बन्दै आएको सूचना प्रविधिसम्बन्धी विधेयक प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिबाट पारित भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुको विरोधका बाबजुद आइतबार उक्त विधेयक पारित भएको हो।

triton college

पारित विधेयकमा सामाजिक सञ्जालमा कसैलाई जिस्काएमा ५ वर्ष कैद र १५ लाख जरिवानाको व्यवस्था गरिएको छ।

समितिमा पारितका लागि हात उठाएर मत जाहेर गर्न सभापति कल्याणी खड्काले निर्देशन दिएकी थिइन्। जसमा कांग्रेस सांसदहरुले विरोधमा मत जाहेर गरेका थिए।
कांग्रेस सांसद बहादुरसिंह लामाले भने, ‘विधेयकको समग्र विषयमा सरोकारवाला पक्ष र सञ्चार क्षेत्रसँग छलफलको आवश्यकता छ। नागरिक स्वतन्त्रता, मौलिक हक हनन् गर्ने, संविधानको मर्म र भावना विपरीत विधेयक समितिबाट पारित भएको छ। यस विषयमा सभापति खड्कालाई फरक मत पनि बुझाएका छौं।’

विधेयकमा सामाजिक सञ्जाल फेसबुक, गुगललगायत कार्यालय नेपालमा दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ। नेपालमा प्रयोगकर्ता बढेकाले र ती सञ्जालमार्फत् व्यावसायिक कारोबार बढ्दै गएकाले करको दायरामा ल्याउन दर्ता गर्नुपर्ने व्यवस्था राखिएको सञ्चार ताथ सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताउँदै आएका छन्।

प्रकाशित: Dec 29, 2019| 08:49 आइतबार, पुस १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।