सिन्धुपाल्चोक- अवरुद्ध हेलम्बु राजमार्ग संचालनमा आएको छ। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१३ मेलम्ची–जिरोकिलो सडकखण्डस्थित फटकशिला रातोपहरोको माथिबाट पहिरो खस्दा अवरुद्ध हेलम्बु राजमार्ग संचालनमा आएको हो। लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग पटकपटक अवरुद्ध हुँदै आएको थियो।
अवरुद्ध सडक अहिले संचालनमा आइसकेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले बताए। साउनदेखि नै निरन्तर पहिरो र खोलाले सडक कटान गरिरहेको छ। -न्युजकारखाना