बुधबार, वैशाख १२, २०८१

काभ्रेमा मृत भेटिए रुकुमका ओली

काभ्रेको चौरीदेउराली गाउँपालिका–५ बहालटोलमा एक पुरुषको शव भेटिएको छ।
 |  आइतबार, पुस १३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस १३, २०७६

बनेपा- काभ्रेको चौरीदेउराली गाउँपालिका–५ बहालटोलमा एक पुरुषको शव भेटिएको छ।

triton college

मृतावस्थामा फेला परेको शव रुकुम सानोभेरी गाउँपालिका–८ घर भई हाल चौरीदेउरालीमा ज्यामी काम गर्दै आएका ४८ वर्षीय प्रवीर ओली रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

उनले शुक्रबार राति अत्याधिक मात्रमा मादक पदार्थ सेवन गरेको भन्ने बुझिएको र चिसोका कारण मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ। शव बाटोमा उत्तानो अवस्थामा फेला परेको थियो।

सो वडाका वडाध्यक्ष राजकुमार गौतमले गत मङ्सिर १५/१६ गतेबाट रुकुम सानोभेरी गाउँपालिकाबाट करीब ११/१२ जनाको समूह कामको सिलसिलामा चौरीदेउरालीको विभिन्न ठाउँमा भूकम्प पुनःनिर्माणको काममा ज्यामी काम गर्दै आइरहेको पाइएको बताए। रासस

प्रकाशित: Dec 29, 2019| 03:18 आइतबार, पुस १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।