काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज (शनिबार) थ्री स्टार क्लब र एपीएफ प्रतिस्पर्धा गर्दैछन्।
खेल राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।
जारी प्रतियोगितामा आफ्नो तेस्रो खेल खेल्न लागेका यी दुवै टिम आजको खेलमा जसरी पनि जित निकाल्ने रणनीतिमा छन्।
जारी सिजनमा अपराजित रहेको थ्री स्टार आफ्नो जित यात्रालाई निरन्तरता दिने लक्ष्यमा छ। प्रतियोगितामा शत प्रतिशत जित निकालेकाले थ्री स्टारको मनोबल उच्च छ।
यसअघि थ्री स्टारले जाउलाखेल र नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो।
यता एपीएफ जितको खाता खोल्ने रणनीतिमा छ। जारी प्रतियोगितामा खासै राम्रो प्रदर्शन गर्न नसकेको एपीएफ थ्री स्टारविरुद्धको खेलबाट पुनरागमन गर्ने दाउमा छ। तर, बलियो थ्री स्टारसँग खेल जित्न सहज भने देखिदैन।
जारी प्रतियोगितामा मनाङ मर्स्याङ्दीसँग पराजित भएको एपीएफले हिमालयन शेर्पासँग बराबरी खेलेको थियो।
प्रतियोगिताको अंकतालिकामा थ्री स्टार ४ अंकसहित छैटौं स्थानमा छ भने एपीएफ १ अंक बटुल्दै १२ औं (पुछारबाट तेस्रो) स्थानमा छ।