बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • देउवाले लम्ब्याए आफ्नो कार्यकाल, महाधिवेशन अर्को वर्ष फागुनमा

देउवाले लम्ब्याए आफ्नो कार्यकाल, महाधिवेशन अर्को वर्ष फागुनमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकाल थप एक वर्ष लम्ब्याएका छन्
 |  शुक्रबार, पुस ११, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ११, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकाल थप एक वर्ष लम्ब्याएका छन्। शुक्रबार वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका नेताहरुको सहभागिता बिना नै बसेको केन्द्रीय कार्यसमिति बैठकबाट देउवाले फागुनमा सकिन लागेको आफ्नो चार वर्षे कार्यकाल एक वर्षका लागि थप गराउने प्रस्ताव पारित गराएका हुन्।

सभापति देउवाले शुक्रबारको बैठकबाट पार्टीको १४ औं महाधिवेशन २०७७ फागुन ७ देखि १० सम्म सम्पन्न गर्ने, विभागको संख्या बढाएर ४१ पुर्‍याउने र गत कात्तिकमै सकिएको तरुण दलको म्याद ६ महिना थप गर्ने निर्णयसमेत पास गराएका छन्। प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार मंसिर २६ गतेदेखि लगातार बैठक अवरुद्ध हुन थालेपछि र असन्तुष्ट पक्षसँग सहमतिसमेत हुन नसकेपछि देउवाले बहुमतका आधारमा निर्णय गराएका हुन्।

प्रकाशित: Dec 27, 2019| 13:36 शुक्रबार, पुस ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।