काठमाडौं– यस वर्षको सुपरहिट चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ डिशहोमको सिनेमाघर च्यानल नम्बर १०८ मा पुस ११ गते शुक्रबारदेखि प्रर्दशन हुने भएको छ । सन् २०१३ मा निर्माण भएको हिट चलचित्र कबड्डीको तेस्रो सिरिज रहेको यस चलचित्रमा ख्याति प्राप्त कलाकार दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरीलगायत दर्जनौँ चर्चित कलाकारहरmले अभिनय गरेका छन् ।
असोज ३, २०७६ मा रिलिज भएको यस चलचित्रले पुराना सिक्वेलहरु कबड्डी, कबड्डी कबड्डीको सर्वाधिक लोकप्रियतासँगै यसपटक पनि नेपाली सिनेमा जगतमा उत्कृष्ट प्रर्दशनी कायम गर्न सफल रहेको छ । तीनैवटा सिक्वेलमा कलाकार दयाहाङ राईले अभिनय गरेका छन् ।
च्यानल नम्बर १०८ मा एसएमएस गरी चलचित्र हेर्न मिल्ने सुविधा डिशहोमले प्रदान गरेकोे छ । हरेक दिन आठ शो हेर्न पाईने यस सिनेमाघरमा, चलचित्र हेर्नका लागि मोबाइलको म्यासेज बक्समा गएर एमओडी टाइप गरी एउटा स्पेश दिएर सेटअप बक्सको क्यास आइडी टाइप गरी आफूले हेर्न चाहेको समय टाइप गरी ३२५०० वा ३२५८० मा एसएमएस पठाएर चलचित्र हेर्न सकिन्छ । यो चलचित्र हेर्न सपरिवारका लागि रु. ३ सय २५ रुपैयाँ शुल्क लाग्नेछ ।