शुक्रबार, वैशाख ७, २०८१

प्रेमीसँग मिलेर आमाको हत्या गर्ने छोरीलाई जन्मकैद

६ महिनाअघि प्रेमीसँग मिलेर आमाको हत्या गर्ने ईश्वरी भट्टराईलाई अदालतले जन्मकैदको फैसला सुनाएको छ।
 |  शुक्रबार, पुस ११, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ११, २०७६

भक्तपुर- ६ महिनाअघि प्रेमीसँग मिलेर आमाको हत्या गर्ने ईश्वरी भट्टराईलाई अदालतले जन्मकैदको फैसला सुनाएको छ। उनीसँगै अन्य तीन जनालाई पनि जिल्ला अदालत भक्तपुरले बिहीबार जन्मकैदको फैसला गरेको छ ।

triton college

न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले अभियोग मागदाबी बमोजिम छोरी ईश्वरी र हत्या संग्लन अन्य तीन जनालाई जन्मकैदको फैसला गरेको श्रेस्तेदार घनेन्द्र अधिकारीले बताए।

आफ्नो प्रेम सम्बन्धका विषयमा आमालाई थाहा भएको र अन्यत्र फैलाउन सक्ने आशंकामा छोरी ईश्वरीले आमा सावित्रा भट्टराईको हत्या गरेको अदालतको ठहर छ । ईश्वरीले १२ लाख रुपैयाँमा सुपारी दिएर आमाको हत्या गर्न लगाएको पुष्टी भएको अदालतले जनाएको छ।

चाँगुनारायण नगरपालिका–७ मा गत असार १५ गते आफ्नै छोरीले प्रेमीसँग मिलेर आमा ६० वर्षीया सावित्रा भट्टराईको हत्या गरेकी थिइन्।

सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–५ बाँडेगाउँकी भट्टराई आफ्नी छोरी ज्वाईंको घरमा बस्दै आएकी थिइन्।

corrent noodles
Metro Mart

प्रहरीले हत्याको विषयमा अनुसन्धान गर्दा हत्यामा छोरीकै संलग्नता रहेको भन्दै छोरी ईश्वरी, सिरहाका मोहम्मद नौशाद, भारतीय नागरिक अर्जुनकुमार भनिने भोलाकुमार र मोहमद रईशलाईपक्राउ गरेको थियो।

प्रकाशित: Dec 27, 2019| 02:50 शुक्रबार, पुस ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।