शुक्रबार, वैशाख १४, २०८१

मुगुका तीन स्थानीय तहमा खुले विद्यालय

मुगुको कार्मारोङ्ग गाउँपालिकामा निजी तथा सामुदायिक विद्यालयमा नियमित रुपमा पठनपाठन सुरु भएको छ।
 |  शुक्रबार, भदौ १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १८, २०७८

मुगु- मुगुको कार्मारोङ्ग गाउँपालिकामा निजी तथा सामुदायिक विद्यालयमा नियमित रुपमा पठनपाठन सुरु भएको छ। कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका विद्यालय पुन: संचालनमा आउन थालेका छन्। जिल्लाको कार्मारोङ्गमा गाउँपालिका, सोरु गाउँपालिका र खत्याड गाउँपालिकाका विद्यालय लामो समयपछि पुन: संचालनमा आउन थालेका हुन्। 

triton college

गाउँपालिका क्षेत्रमा कोरोनाका सक्रिय संक्रमितको संख्या शून्य रहेको र स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइ सामाजिक दूरी कायम राख्दै विद्यालय संचालनमा ल्याइएको मुगुका कार्मारोङ्ग गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तीर्थबहादुर कठायतले जानकारी दिए।

विद्यालय खुलेपछि सावधानीपूर्वक विद्यार्थीलाई पठनपाठन सुरु गरेका र विद्यालयमा मास्क, स्यानिटाइजर जस्ता स्वास्थ्य सुरक्षा अपनाएको बुद्ध माध्यमिक विद्यालय मांग्रीका प्रधानाध्यापक टिकाप्रसाद उपाध्यायले  जानकारी दिए।

कोरोना जोखिम कम भएपछि भौतिक उपस्थितिमै कक्षा सञ्चालन भइरहेका जनाइएको छ । लामो समयदेखि विद्यालय बन्द भएकाले विद्यार्थीको भविष्य बिग्रिने भएकाले पुनः पठनपाठन गरिएको गाउँपालिकाले जनाएको छ।  -न्युजकारखाना

प्रकाशित: Sep 03, 2021| 13:32 शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।