ल्याटिन अमेरिकी देश मेक्सिकोको खाडीमा समुन्द्रको पानीमा आगो लागेको छ। पानी मुनी पाइपलाइनमा ग्यास लिक भएपछि पानीमा आगो लागेको हो।
घटनापछि समुन्द्रमा आगोको भीषण लपेटा देखिएको थियो। तर, घटनामा हताहतिको खबर भने आएको छैन।
यो पाइपलाइन मेक्सिकोको सरकारी पेमेक्स पेट्रोल कम्पनीको हो। पानीमा आगो लागेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। पानीमा करिव पाँच घन्टासम्म आगो देख्न सकिन्थ्यो। भिडियोमा पानीमा ज्वालामुखी निस्किएझै आगोको ज्याला देखिन्थ्यो।
पाइप लाइनमा लागेको आगोका कारण पानी माथि पनि आगोको झिल्का उठेको थियो। पानीमाथि निस्किएको चम्किलो लपेटालाई 'आइ अफ फायर' नाम दिइएको थियो। सामाजिक सञ्जालमा यही नामबाट यो भिडियो भाइरल भएको थियो। -अमर उजालाबाट