बिहीबार, वैशाख ६, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • सुदूरपश्चिममा कांग्रेस महाअधिवेशन : तीन जिल्लामा अनिश्चित, दुई जिल्लाको मिति सारियो

सुदूरपश्चिममा कांग्रेस महाअधिवेशन : तीन जिल्लामा अनिश्चित, दुई जिल्लाको मिति सारियो

क्रियाशील सदस्यतासम्बन्धी चर्को विवादबीच आजदेखि देशैभरी नेपाली कांग्रेसको वडा अधिवेशन सुरु हुँदैछ।
 |  शुक्रबार, भदौ १८, २०७८

भीम चौधरी

भीम चौधरी

शुक्रबार, भदौ १८, २०७८

धनगढी– क्रियाशील सदस्यतासम्बन्धी चर्को विवादबीच आजदेखि देशैभरी नेपाली कांग्रेसको वडा अधिवेशन सुरु हुँदैछ। विधानतः चार वर्षमा हुनुपर्ने महाधिवेशन यस पटक साढे पाँच वर्षपछि हुन लागेको हो। पटक–पटक महाधिवेशनको मिति सार्दै आएको कांग्रेसले पछिल्लो पटक भदौ १८ गतेदेखि वडा अधिवेशन सुरु गर्ने निर्णय गरेको थियो। 

triton college

१४औं महाधिवेशनमा कांग्रेसमा क्रियाशील सदस्यताको विवाद निकै चर्कियो। महाधिवेशन प्रक्रिया सुरु भएको दिन शुक्रबारसम्म पनि केही जिल्लामा कांग्रेस क्रियाशीलता विवाद कायमै छ। 

सुदूरपश्चिम प्रदेशको कैलाली, डडेल्धुरा र बाजुरामा अझैसम्म सदस्यता विवाद टुंगिएको छैन। क्रियाशील सदस्यताको टुंगो नलाग्दा ती जिल्लामा वडा अधिवेशन हालका लागि स्थगित गरिएको छ। डडेल्धुरा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला हो।

विभिन्न जिल्लाबाट प्राप्त जानकारी अनुसार सुदूरपश्चिम प्रदेशका चार जिल्लामा मात्रै तोकिएको मिति अर्थात शुक्रबारबाट वडा अधिवेशन सुरु हुनगइरहेको छ। कञ्चनपुर, डोटी, बझाङ र अछाममा समयमै वडा अधिवेशन हुने सम्बन्धित जिल्ला समितिले जनाएका छन्। 

कांग्रेस विधान अनुसार क्रियाशील सदस्य महाधिवेशनका सबैभन्दा महत्वपूर्ण मतदाता हुन्। क्रियाशील सदस्यले पार्टी संरचनाको सबैभन्दा पहिलो जगका रूपमा रहेको वडा समिति र क्षेत्रीय प्रतिनिधिहरूको चयन गर्दछन्। वडा अधिवेशनबाट चुनिएका क्षेत्रीय प्रतिनिधिहरू नै प्रदेश तथा संघीय क्षेत्रीय अधिवेशन, जिल्ला अधिवेशनका मतदाता हुने व्यवस्था गरिएको छ भने क्षेत्रीय प्रतिनिधिहरू नै महाधिवेशन, महासमिति सदस्य बन्नका लागि योग्य हुन्छन्। 

corrent noodles
Metro Mart

सबैभन्दा बढी संघीय पाँच संसदीय निर्वाचन क्षेत्र रहेको कैलाली तथा डडेल्धुरा र बाजुरामा क्रियाशील सदस्यताको विवाद अझै टुंगिएको छैन। दार्चुला र बैतडीमा भने पछिल्लो समय परेको भारी वर्षा, बाढी र पहिरोका कारण आवागमनमा समस्या भएपछि अधिवेशनको मिति केही दिन पर सारिएको हो। 

विभिन्न जिल्लाबाट प्राप्त जानकारी अनुसार सुदूरपश्चिम प्रदेशका चार जिल्लामा मात्रै तोकिएको मिति अर्थात शुक्रबारबाट वडा अधिवेशन सुरु हुनगइरहेको छ। कञ्चनपुर, डोटी, बझाङ र अछाममा समयमै वडा अधिवेशन हुने सम्बन्धित जिल्ला समितिले जनाएका छन्। 

सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र बझाङका केही वडामा भने वडा अधिवेशनको अघिल्लो दिन नै सर्वसम्मत रुपमा क्षेत्रीय प्रतिनिधिहरू चयन भइसकेका छन्। 

सुदूरपश्चिम प्रदेशमा सात सय ३४ वडाहरू रहेका छन्। क्रियाशील सदस्यता सम्बन्धी विवाद नटुंगिएका कारण कैलाली, बाजुरा र डडेल्धुराका गरी २४७ वडाको अधिवेशन अनिश्चित बनेको हो। 

कैलालीमा सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा सबैभन्दा बढी क्रियाशील सदस्य १८ हजार १३४ रहेका छन्। यो संख्यामा कैलाली क्षेत्र नम्बर १ को टीकापुर नगरपालिकाको वडा नम्बर १ को ५७६ जना नयाँ क्रियाशील सदस्य समावेश रहेको छैन। 

कैलालीको टीकापुर नगरपालिका, जानकी गाउँपालिका र लम्कीचुहा नगरपालिकाका धेरै वडामा सबैभन्दा बढी क्रियाशील सदस्यतासम्बन्धी विवाद रहेको देखिएको छ। क्रियाशील सदस्यता विवाद समाधान गर्न दवावस्वरुप क्षेत्र नम्बर १ का सभापति भूवनेश्वर अधिकारीसहितका नेताहरू एक महिना बढी कांग्रेस केन्द्रीय कार्यालयमा धर्नामा बसेका थिए। 

क्रियाशील सदस्यता नयाँ थप्ने म्याद सकिएको लामो समयपछि महाधिवेशनको मुखैमा कैलालीमा राप्रपा र अन्य दल तथा केही नेताहरूबाट नयाँ क्रियाशील सदस्यता थप्ने प्रयास भइरहेको बताइन्छ। 

कैलाली कांग्रेसका सभापति नरनारायण शाह (मनु) ले समायोजनका नाममा राप्रपा तथा अन्य दलबाट अहिले पनि नयाक्रियाशील सदस्य थप्ने प्रयास भइरहेको सूचना पाएको बताएका छन्। ‘केही केन्द्रीय नेताहरूबाटै नयाँ सदस्यता थप्ने कोशिस भइरहेको छ,’ शाहले भने, ‘यदि वडा, क्षेत्र र जिल्ला कार्यसमितिबाट सिफारिस नभएका, पहिले फाराम नै नभरेका, शुल्क नबुझाएका सदस्यहरू थप गरियो भने कदापि स्वीकार हुने छैन।’ महाधिवेशनको मुखमा नयाँ क्रियाशील थप्ने कार्य सर्वथा गलत भएको उनले बताए।

कैलालीमा एक सय २६ वडा छन्। सभापति शाहले क्रियाशील सदस्यताबारे टुंगो नलागेका कारण वडा अधिवेशन स्थगित गरिएको सूचना जारी भइसकेको बताए। 

पार्टी सभापति तथा प्रधानमन्त्री देउवाको गृह जिल्ला डडेल्धुरामा पनि वडा अधिवेशन अनिश्चित बनेको छ। डडेल्धुरामा पनि अहिलेसम्म क्रियाशील सदस्यता सम्बन्धी टुंगो लागेको छैन। 

डडेल्धुरा कांग्रेसका अनुसार डडेल्धुरामा पुरानो सदस्यता नविकरण र नयाँ गरी करिब पाँच हजार आठ सय बढी क्रियाशील सदस्यको सिफारिस गरिएको छ।

डडेल्धुरा कांग्रेस स्रोतका अनुसार जिल्लाबाट सिफारिस भएका सदस्यताहरूमध्ये केन्द्रबाट पाँच सय ९८ जना हटाएर तीन सय ३८ जना थप गरिएको छ। 

सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र बझाङका केही वडामा भने वडा अधिवेशनको अघिल्लो दिन नै सर्वसम्मत रुपमा क्षेत्रीय प्रतिनिधिहरू चयन भइसकेका छन्। 
नेपाली कांग्रेस डडेल्धुरा कार्यसमितिले बिहीबार विज्ञप्ती जारी गर्दै तोकिएकै समयमा वडा तहको अधिवेशन नहुने जानकारी दिएको छ। ‘अधिवेशनलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्नका लागि क्रियाशिल सदस्यताको नामावली प्राप्त भइसकेपछि केन्द्रीय निर्वाचन प्रतिनिधिको रोहबरमा जिल्लाको बैठक आयोजना गरिने छ,’ कांग्रेस डडेल्धुराद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘सम्पूर्ण स्थानीय तह र वडा सभापतिहरूको उपस्थितिमा अधिवेशन सम्पन्न गर्नको लागि नेपाल शिक्षक संघबाट खटाइने निर्वाचन प्रतिनिधिहरूको सहभागितामा मिति तय गरिने छ।’

डडेल्धुरा जिल्ला कार्यसमितिले विधि र प्रक्रिया पुरा गरेर पाँच हजार आठ सय (नयाँ तथा नविकरण) सहितको क्रियाशिल सदस्यको विवरण केन्द्रीय कार्यालयमा पठाएको जिल्ला पार्टी सभापति तथा प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले बताए। उनले भने, ‘हामीले पठाएको सदस्यताको विवरणको अन्तिम नामावली आएको छैन।’ एक संसदीय निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा ५२ वटा वडा रहेका छन्।

बाजुरामा पनि क्रियाशील सदस्यताको टुंगो लागेको छैन। सोही कारण वडा अधिवेशन अनिश्चित बनेको छ। पार्टी जिल्ला सभापति कविराज पण्डितले  शुक्रबार बिहानसम्म पनि क्रियाशील सदस्यको नामावली प्राप्त नभएको उनले बताए। केन्द्रीय प्रतिनिधि सन्तोष भण्डारीको सहमतिमा हाललाई वडा अधिवेशन स्थगित गरिएको मल्लले बताए।

क्रियाशील सदस्यता नामावली प्राप्त भएपछि मात्रै वडा अधिवेशन प्रक्रिया सुुरु गरिने पण्डितले बताए। एक संसदीय निर्वाचन क्षेत्र रहेको बाजुरामा ६९ वडा रहेका छन्। 

दार्चुलामा वर्षा, बाढी र पहिरोका कारण आवागमनमा समस्या सिर्जना भएकोले वडा अधिवेशन चार दिनका लागि सारिएको बताइएको छ।

गत १३ र १४ गतेको भारी वर्षा, बाढी र पहिरोका कारण केही वडाको आवागमन नै प्रभावित भएको छ। जिल्ला पार्टी सभापति ललित बहादुर बोहराले भने, ‘वर्षाका कारण ब्याँस र दुहुँ गाउपालिका सदरमुकामसँग सम्बन्ध विच्छेद भएको छ। अन्यत्र पनि सहज ढंगले आवतजावत गर्न कठिनाई भइरहेको छ। त्यसैले बाध्य भएर मिति सारेका छौं।’ 

एक संसदीय निर्वाचन क्षेत्र र ६१ वडा रहेको दार्चुलामा नयाँ र पुराना गरी चार हजार ६५० सदस्य रहेको सभापति बोहराले बताए। उनले दार्चुला कांग्रेसमा निकै सौहार्द वातावरणमा क्रियाशील सदस्यताको टुंगो लागेको बताए। उनले भने, ‘अन्य जिल्लाहरूमा सदस्यताका लागि मारामार भयो। तर, दार्चुलामा सदस्यताका चार सय ५० फाराम नै बाँकी रहे। यसैबीच नेपाली काँग्रेस दार्चुलाले सातौ जिल्ला अधिवेशन सफल पार्न विभिन्न समितिहरू गठन गरेको जनाएको छ। 

मंगलबारबाट बसेको नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बैठकले अधिवेशन सम्पन्न गर्न मूल आयोजक समिति, प्रचार–प्रसार समिति र आर्थिक व्यवस्थापन समिति गठन गरेको सचिव हरकसिंह बिष्टले जानकारी दिए। 

कृष्णपुर नगरपालिकाका तीन, शुक्लाफाँटा नगरपालिकाका चार, बेदकोट नगरपालिकाका पाँच, भीमदत्त नगरपालिकाका दुई र महाकाली नगरपालिकाका छ वडामा सर्वसम्मत रुपमा क्षेत्रीय प्रतिनिधिहरू चयन भइसकेका छन्। 

बैठकले नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति ललित सिंह बोहराको संयोजकत्वमा पाँच सय एक सदस्यीय मूल आयोजक समिति गठन गर्ने निर्णय गरेको थियो।

दार्चुलामा भदौ २२ गते वडा अधिवेशन, २७ गते पालिका अधिवेशन, असोज १ गते क्षेत्रीय अधिवेशन तथा असोज ५ गते खलंगामा जिल्ला अधिवेशन गर्ने कार्यतालिका रहेको छ। एक निर्वाचन क्षेत्र रहेको दार्चुलामा ६१ वडा रहेका छन्।

बैतडीमा पनि बाटोघाटोको कठिनाईले वडा अधिवेशन २१ गतेका लागि तय गरिएको छ। पार्टी जिल्ला उपसभापति चतुरबहादुर चन्दले क्रियाशील सदस्या दुई दिन अघि मात्र प्राप्त भएको बताए।  ‘टाढाका पालिका, वडामा सदस्यता नामावली, अन्य आवश्यक कागजात र प्रतिनिधिहरू पठाउन समय लाग्ने भएकाले २१ गतेसम्म सारेका छौं,’ उनले भने।

एक संसदीय निर्वाचन क्षेत्र र ८४ वटा वडा रहेको बैतडीमा कांग्रेसका नयाँ र पुरानो गरी छ हजार ५७७ सदस्य रहेका छन्। उपसभापति चन्दका अनुसार जिल्लाबाट सिफारिस भएका सदस्यतामध्ये केन्द्रले १८ जनाको नाम हटाइएको छ। ‘यसबारे केन्द्रलाई समयमै जानकारी गराइसकेका छौं, हटाइएका नामहरू आउने विश्वास छ,’ उनले भने। 

उता, तीन संघीय निर्वाचन क्षेत्र रहेको कञ्चनपुमारमा ९२ वडा रहेका छन्। कञ्चनपुरमा बिहीबार साँझसम्म २६ वडामा सर्वसम्मत ढंगले क्षेत्रीय प्रतिनिधिको चयन भइसकेको छ। पार्टी जिल्ला सभापति हरि बोहराले अरु वडामा पनि सर्वसम्मतीको प्रयास भइरहेको बताए। 

उनका अनुसार कृष्णपुर नगरपालिकाका तीन, शुक्लाफाँटा नगरपालिकाका चार, बेदकोट नगरपालिकाका पाँच, भीमदत्त नगरपालिकाका दुई र महाकाली नगरपालिकाका छ वडामा सर्वसम्मत रुपमा क्षेत्रीय प्रतिनिधिहरू चयन भइसकेका छन्। 

त्यस्तै, बेल्डाँडी गाउँपालिकाका एक, बेलौरी र पूनर्बास नगरपालिकाका दुई/दुई र लालझाडी गाउपालिकाका एक वडामा पनि सर्वसम्मत रूपमा क्षेत्रीय प्रतिनिधि चयन भइसकेका छन्। 

बझाङमा पनि बिहीबार साँझसम्म ६ वडामा सर्वसम्मत रुपमा क्षेत्रीय प्रतिनिधि चयन भइसकेका छन्। एक निर्वाचन क्षेत्र तथा ९४ वडा रहेको बझाङ जिल्ला नयाँ र पुरानो गरी काँग्रेसका ६ हजार आठ सय बढी सदस्य रहेका छन्। 

पार्टी जिल्ला सभापति हर्कजंगबहादुर सिंहले भने, ‘निकै सौहार्दपूर्ण वातावरणमा वडा अधिवेशन हुँदैछन्। अहिलेसम्म ६ वडामा सर्वसम्मत भइसकेको छ। बाँकी वडाहरूमा पनि सर्वसम्मतीको प्रयास गरिरहेका छौं।’ उनले महाधिवेशन प्रतिनिधि पनि सर्वसम्मत ढंगले नै चयन हुने विश्वास व्यक्त गरे। 

अछाममा पनि वडा अधिवेशन सुरु हुँदैछ। दुई संसदीय निर्वाचन क्षेत्र र ९१ वडा रहेको अछाममा नयाँ र पुरानो गरी ११ हजार बढी सदस्य रहेका छन्। 

पार्टीका सहसचिव तथा प्रवक्ता वेद तिमिल्सिनाका अनुसार विनायक पञ्चदेवल नगरपालिकाका वडा नम्बर १, २ र ४ तथा कमलबजार नगरपालिकाको वडा नम्बर ४ मा १३औं महाधिवशेनका क्रियाशील सदस्यहरूले मात्र वडा अधिवेशनमा भाग लिन पाउने छन्। 

डोटीमा पनि तोकिएकै समयमा वडा अधिवेशन हुँदैछ। एक संसदीय निर्वाचन क्षेत्र र ६५ वडा रहेको डोटीमा एकैसाथ सबै वडामा अधिवेशन शुरु गर्न प्रतिनिधिहरू खटाइएको छ। काँग्रेस नेता तथा प्रदेश सभा सदस्य भरतबहादुर खड्काले केही वडामा क्रियाशील सदस्यता सम्बन्धी सामान्य विवाद रहे पनि तोकिएकै समयमा वडा अधिवेशन गर्ने गरी प्रतिनिधि र नामावली पठाइएको जानकारी दिए।

प्रकाशित: Sep 03, 2021| 12:30 शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।