शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सडक संघर्षको पक्षमा बाबुराम, उपेन्द्र भन्छन्– राजपासँग एकीकरण

सडक संघर्षको पक्षमा बाबुराम, उपेन्द्र भन्छन्– राजपासँग एकीकरण

केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि समाजवादी पार्टी नेपालले यसबारे
 |  बुधबार, पुस ९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस ९, २०७६

काठमाडौं– केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि समाजवादी पार्टी नेपालले यसबारे जानकारी दिन बुधबार दिउँसो सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्‍यो । यसअघि मंगलबार नै पार्टीको तर्फबाट सरकारमा रहेका उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले राजीनामा दिइसकेका थिए ।

triton college

पत्रकार सम्मेलनमा समाजवादीका अध्यक्षद्वय उपेन्द्र यादव र डा.बाबुराम भट्टराईले सञ्चारकर्मीहरुले राखेका विभिन्न जिज्ञासाको जवाफ दिए । सुरुमा अध्यक्ष यादवले अर्का अध्यक्ष भट्टराईले भनेको एउटा वाक्य सापटी लिएर भने– संविधान आधा भरिएको र आधा खाली गिलास हो । हिजोसम्म सरकारमा रहेका यादवले आफू सरकारमा रहँदा प्रधानमन्त्री केपी ओलीबाट अपमानित भएको भन्दै तिक्तता पनि पोखे ।

‘मन्त्रिपरिषदबाट निर्णय गरेर अन्तर्राष्ट्रिय सम्मेलनमा पठाइयो । एउटा सत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीको हैसियतमा बालेको, अर्को सत्रमा त अर्कै मन्त्री ! यो गर्नै नहुने राजनीति हो। प्रधानमन्त्रीले एक दिन त पर्खिनुपर्थ्याे नि,’ यादवले असन्तुष्टि पोखे । उनी एउटा सम्मेलनमा भाग लिन भारत गएका बेला ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । यादवलाई स्वास्थ्य मन्त्रालयबाट कानुन मन्त्रालय पठाइएको थियो ।

सरकारमा भए पनि सम्मान नपाएको यादवले दोहोर्याए । ‘नीति निर्माण गर्दा होस् अथवा निर्णय गर्दा, दुई दलबीच सहकार्य हुनुपर्थ्र्यो। उहाँले एकलौटी निर्णय गुर्नभयो। त्यसलाई हामीले पनि लौन त सहकार्य गर्ने अवस्था छँदैछ भनेर गर्यौं। तर, भएन,’ यादवले भने।

उनले थपे, ‘हामी संविधान संशोधनका लागि सरकारमा रहिरह्यौं। संविधान संशोधन हुन नसकेपछि बाहिरियौं। हिजोसम्म सरकारसँग दुई दुईतिहाइको दम्भ थियो, त्यो अब सकियो। सरकारको सफलतामा असर पर्छ यसले । राजनीतिक मूल्यमान्यताको हिसाबले धेरै ठूलो अन्तर आएको छ।’

corrent noodles
Metro Mart

राजपासँगको एकीकरणका विषयमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा यादवले भने, ‘राजपासँगको एकीकरणका लागि धेरै कुराहरु मिलिसकेको छ। सरकार छोड्नुपर्ने कुरा राजपाले उठाएको थियो, त्यो पूरा भयो। राजपा सकारात्मक रुपले अगाडि बढे एकीकरण हुन्छ। धेरै विषय टुंगिसकेको छ । प्राविधिकबाहेक धेरै कुरा बाँकी छैन।’

यादवले यसअघि समाजवादी सरकारबाट बाहिरिएको खण्डमा राजपा सरकारमा सहभागी हुने दाबी गर्दै आएका थिए । बुधबार भने उनले राजपा सरकारमा नजाने बरु समाजवादीसँग एकीकरण हुने दाबी गरे । ‘राजपा सरकारमा गएर आत्मघाती कदम उठाउला जस्तो मलाई लाग्दैन,’ यादवले भने।

पत्रकार सम्मेलनमा समाजवादीका अर्का अध्यक्ष डा.बाबुराम भट्टराईले भने पार्टी अब सडक संघर्षमा जानुपर्ने बताए । अहिलेसम्म सरकारबाट माग सम्बोधन गराउने प्रयास भएको तर हुन नसकेको बताउँदै उनले भने, ‘अब सडक र सदनबाट काम गर्ने पालो आएको छ।’

केही महिनाअघि काठमाडौंमा सम्पन्न राष्ट्रिय परिषद्को बैठकमा सरकारबाट बाहिरिनु पर्ने भट्टराईको प्रस्ताव यादवले अस्वीकार गरेका थिए। त्यसपछि पार्टीभित्र भट्टराई पक्ष असन्तुष्ट थियो।

सम्बन्धित समाचार

राजपालाई फकाउँदै नेकपा, एकीकरणका लागि तात्‍दै समाजवादी

समाजवादी पार्टीले फिर्ता लियो सरकारलाई दिएको समर्थन

सरकारबाट समाजवादीको बहिर्गमन योजनाअनुसार नै !

सत्ताको लोभले सरकारमा गएका थिएनौं : यादव

समाजवादीका मन्त्रीले दिए राजीनामा

प्रकाशित: Dec 25, 2019| 11:25 बुधबार, पुस ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।