शुक्रबार, वैशाख १४, २०८१

भ्रमण वर्षको अन्तिम तयारीमा सुदूरपश्चिम प्रदेश

 |  बुधबार, पुस ९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस ९, २०७६

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले नेपाल भ्रमण वर्ष २०२० धुमधामका साथ मनाउने योजनाका साथ तयारी थालेको छ। जनवरी १ मा भ्रमण वर्षको शुभारम्भका लागी प्रदेश सरकार तयारीमा जुटेको हो।

triton college

प्रदेश सरकारले औपचारिक कार्यक्रम गरेर धनगढीमा भ्रमण वर्ष २०२० को उद्घाटन गर्ने निर्णय गरेको छ। सुदूरपश्चिम प्रदेश पर्यटन प्रवर्द्धन समितिको बैठकले बढीभन्दा बढी पर्यटक सुदूरपश्चिममा भित्र्याउन प्रचारप्रसारमा जोड दिने निर्णय गरेको छ।

धनगढीको संघीय प्रहरी इकाई मैदानमा भ्रमण वर्षको उद्घाटन गरिने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले जानकारी दिइन्। उद्घाटन कार्यक्रममा सुदूरपश्चिमको कला झल्किने गीत तथा झाँकी प्रस्तुत हुने मन्त्रालयले जनाएको छ। देशभरीमा सुदूरपश्चिम बराबर अन्य प्रदेशमा हेर्न लायक ठाउँ नभएको समेत मन्त्रालयको दाबी छ।

यस प्रदेशका धार्मिक पर्यटकीय स्थलको प्रचारप्रसार गरी बढीभन्दा बढी पर्यटक भित्र्याउने गरी काम थालेको मन्त्री भट्टले बताइन्। सुदूरपश्चिमका विभिन्न नाकाबाट नेपाल भित्रिने पर्यटकलाई स्वागत गर्न सम्बन्धित जिल्लाका जनप्रतिनिधिलाई निर्देशन दिएको उनले जानकारी दिइन्।

यस प्रदेशका पर्यटन व्यवसायी पनि भ्रमण वर्षलाई सफल पार्ने पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा जुटेका छन्। सुदूरपश्चिमको कला संस्कृतिको प्रस्तुतिबाट विदेशी पाहुनालाई प्रदेश घुम्न आकर्षित गर्ने कार्यक्रमसमेत रहेको प्रदेश पर्यटन प्र्रवर्द्धन समिति सदस्य किशोर खड्काले बताए। भ्रमण वर्ष धुमधामका साथ मनाउने सबैले उद्घोष गरेपनि कसले के गर्ने भन्नेबारे स्पष्ट नभएको पर्यटन व्यवसायीको भनाइ छ।

corrent noodles
Metro Mart

प्रकाशित: Dec 25, 2019| 05:01 बुधबार, पुस ९, २०७६
प्रतिक्रिया दिनुहोस्