बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • पक्राउ परेका चिनियाँको योजना वेबसाइट ह्याक र वित्तीय ठगी !

पक्राउ परेका चिनियाँको योजना वेबसाइट ह्याक र वित्तीय ठगी !

सोमबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका चिनियाँ नागरिकले थुप्रै सरकारी वेबसाइटहरू ह्याक गर्नुका साथै वित्तीय ठगीको योजना बनाएको प्रहरीले आशंका गरेको छ।
 |  सोमबार, पुस ७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस ७, २०७६

काठमाडौं- सोमबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका चिनियाँ नागरिकले थुप्रै सरकारी वेबसाइटहरू ह्याक गर्नुका साथै वित्तीय ठगीको योजना बनाएको प्रहरीले आशंका गरेको छ।

triton college

प्रहरीले पर्यटक भिषामा नेपाल आएर गैरकानुनी गतिविधमा संलग्न भएको आशंकामा ९९ चिनियाँ नागरिकलाई बुढानिलकण्ठ, मनमैजु, बाँसबारीलगायत ठाउँबाट पक्राउ गरेको हो।

प्रहरी स्रोतकाअनुसार चिनियाँ नागरिकले चार सयभन्दा बढी सरकारी वेबसाइटहरू ह्याक गरेका छन्।

महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले ह्याकिङ तथा कम्प्युटरको माध्यमबाट विभिन्न अपराधमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरेको बताए।

आरोपी चिनियाँलाई अपराध अनुसन्धान महाशाखा, प्रहरी परिसर काठमाडौं र केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले पक्राउ गरेको हो।

corrent noodles
Metro Mart

एकैपटक यति ठूलो संख्यामा विदेशी नागरिक पक्राउ परेको यो पहिलो पटक हो।

नेपालमा बसेर चीनमा आर्थिक अपराध गरेको, नेपालमा बैंक ह्याकिङलगायतका प्रकरणमा उनीहरुलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरी स्रोतले जनाएको छ। उनीहरुको साथबाट ठूलो परिमाणमा मोबाइल, ल्यापटपजस्ता समाग्रीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्ने ९९ जना एकै समूहका भएको र नेपाल पुगेपछि विभिन्न समूहमा बाँडिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

‘उनीहरुको साथमा रहेको ल्यापटप तथा मोबाइलको अनुसन्धान गरिसकेपछि उनीहरु के गर्न नेपाल आएका हुन् भन्ने विस्तृत खुल्न सक्छ’ एसएसपी थापाले भने।

गत भदौ १४ गते ६ जना चिनियाँ नागरिकलाई प्रहरीले एटीएम ह्याकिङ गरेर पैसा चोरी गर्दागर्दै पक्राउ गरेको थियो।

प्रहरीले चिनियाँ नागरिक लिन जियानमेङ, लुओ जियालेइ, झु लियानगाङ, किउ युनकिङ र चेन बिनलाई सार्वजनिक गरेको थियो।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भाग्न खोजेका सु लु सिङ भदौ १५ गते पक्राउ परेका थिए।

उनीहरुले नबिल बैंकको दरबार मार्गमा रहेको एटीएम, हिमालयन बैंकको ठमेलमा रहेको एटीएम र प्रभू बैंकको कमलपोखरीमा रहेको एटीएमबाट रकम निकालेका थिए।

प्रकाशित: Dec 23, 2019| 12:53 सोमबार, पुस ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।