बिहीबार, वैशाख १३, २०८१

विप्लवका दाइ जेल चलान

नेत्रविक्रम चन्द विप्लवका दाइ चन्द्रवहादुर चन्दसहित दाङमा पक्राउ परेका बिप्लव समूहका २१ नेता जेल चलान भएका छन्। दाङ देउखुरी जिल्ला अदालतले तोकेको धरौटी तिर्न नसक्दा उनीहरु जेल चलान भएका हुन्।
 |  सोमबार, पुस ७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस ७, २०७६

दाङ- नेत्रविक्रम चन्दका दाइ चन्द्रवहादुर चन्दसहित दाङमा पक्राउ परेका बिप्लव समूहका २१ नेता जेल चलान भएका छन्। दाङ देउखुरी जिल्ला अदालतले तोकेको धरौटी तिर्न नसक्दा उनीहरु जेल चलान भएका हुन्।

triton college

सोमवार जिल्ला अदालतले उनीहरुलाई जनही १५/१५ हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको थियो। तर विप्लव समूहका २१ जना नेताले आफूहरुले धरौटी तिर्न नसक्ने भएका कारण कारागार चलान हुने निर्णय लिएका थिए।

फरक मुद्दा लगाएर प्रहरीले अदालत परिसरबाटै पुनः नियन्त्रणमा लिने तयारी गरेकोले पनि आफूहरुले अदालतमा धरौटी नबुझाएर कारागार जाने निर्णय गरेको उनीहरुले चन्दले बताए।

गत कार्तिक ३० गते दाङको राजपुर गाउँपालिकाको जंगल क्षेत्रबाट पक्राउ परेका उनीहरुलाई राज्यविरुद्धको संगठित अपराधको मुद्दा प्रहरीले चलाएको थियो।

प्रकाशित: Dec 23, 2019| 12:38 सोमबार, पुस ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।