शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसलाई गौरवशाली बनाउने संकल्पका साथ महाधिवेशनमा होमिन शेखर कोइरालाको आग्रह

कांग्रेसलाई गौरवशाली बनाउने संकल्पका साथ महाधिवेशनमा होमिन शेखर कोइरालाको आग्रह

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले चौधौं महाधिवेशनलाई उत्सवका रुपमा मनाउन कार्यकर्ताहरूलाई अपिल गरेका छन्।
 |  शुक्रबार, भदौ १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १८, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले चौधौं महाधिवेशनलाई उत्सवका रुपमा मनाउन कार्यकर्ताहरूलाई अपिल गरेका छन्। शुक्रबारदेखि सुरु भएको वडा तहको अधिवेशनको अवसरमा अपिल जारी गर्दै कोइरालाले सो कुरा बताएका हुन्।

triton college

कांग्रेस सबै तहमा निर्वाचनको माध्यमबाट पार्टीको नयाँ नेतृत्व र प्रतिनिधिहरू चयन गर्न गइरहेको बताउँदै कोइरालाले अपिलमा भनेको छन, ‘यसले कांग्रेसको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउँछ। यसरी हामी आन्तरिक लोकतान्त्रिक अभ्यासका निम्ति अनुकरणीय नजिर स्थापित गर्दैछौं।’

उनले महाधिवेशनले ‘हामी लोकतन्त्रवादीहरूलाई जिम्मेवार र विवेकपूर्ण रूपमा अन्तरआत्माको आवाज सुन्न पनि घच्घच्याइरहेको छ,’ भनेका छन्।

महाधिवेशनसँगै नेपाली कांग्रेसले नयाँ विचार, नयाँ नेतृत्व र नयाँ सांगठनिक ढाँचा निर्माण गर्नुपरेको जनाउँदै कोइरालाले कांग्रेसको महाधिवेशन किन समयमा हुन सकेन भन्नेमा कसैलाई दोष दिन नचाहेको बताउँदै महाधिवेशन विधान र संविधानभन्दाबाहिर गएर हुने परिस्थिति भविष्यमा आउन नदिने जिम्मेवारी सबैको भएको बबताएका छन्।

उनले कांग्रेसको इतिहास गौरवशाली भए पनि वर्तमान भने आफ्नो इतिहास सुहाउँदो नभएको बताएका छन्। ‘यसैले पार्टीलाई पुनः गौरवशाली बनाउने दृढ संकल्पका साथ हामी सवै महाधिवेशनमा सरिक हुनुपर्नेछ,’ कोइरालाले भनेको छन्, ‘आन्तरिक लोकतन्त्रलाई सबल बनाउन स्वस्थ प्रतिस्पर्धा अनिवार्य हुन्छ। यसले पार्टी भित्र ताजा अक्सिजनको सञ्चार हुन्छ, पार्टीलाई चलायमान बनाउँछ।’

corrent noodles
Metro Mart

पार्टीमा हुने आन्तरिक लोकतान्त्रिक अभ्यासलाई जितहारभन्दा माथि राख्न सकिए कांग्रेसको महाधिवेशन उदाहरणीय हुनसक्ने अपेक्षा कोइरालाको छ।

कांगे्रसको कमजोरीको बारेमा पनि उनले आफ्नो अपिलमा उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘हामीले विगतमा पार्टी भित्र गुट र विभाजनको स्थायी चरित्रका रुपमा बसेको संस्कारलाई हटाउन सकेनौं। यही कारण आम निर्वाचनमा हामी कम्युनिष्टभन्दा कमजोर हुन पुगेका हौं। कांग्रेसलाई विश्वसनीय र भरोसायुक्त एक नम्वरको पार्टी बनाउने जिम्मेवारी हाम्रो अगाडि छ।’

पार्टीभित्र नयाँ संस्कार र पद्धति निर्माणको लागि पर्खिरहने समय नभएको बताउँदै कोइरालाले चौधौं महाधिवेशनले गुट र गिरोह समाप्त गर्न सफल हुनुपर्ने अपेक्षा गरेका छन्।

प्रकाशित: Sep 03, 2021| 09:39 शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...