बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सुकेधारामा बसको ठक्करबाट घाइते छात्राको मृत्यु, गाडीमा आगजनी

सुकेधारामा बसको ठक्करबाट घाइते छात्राको मृत्यु, गाडीमा आगजनी

सुकेधारामा बसले ठक्कर दिँदा घाइते भएकी छात्राको उपचारका क्रममा मृत्यु भएको छ। पशुपति क्याम्पसमा अध्ययनरत
 |  सोमबार, पुस ७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस ७, २०७६

काठमाडौँ- सुकेधारामा बसले ठक्कर दिदा घाइते भएकी छात्राको उपचारका क्रममा मृत्यु भएको छ।

triton college

पशुपति क्याम्पसमा बीबीएस चाैथाे वर्षमा अध्ययनरत २१ वर्षीय छात्रा सृष्टि पन्तको ओम अस्पतालमा उपचारका क्रमका मृत्यु भएको प्रहरीले जनाएको छ। गोरखा घर भएकी उनलाई उपचारका लागि चाहबहिलस्थित ओम अस्पतालमा लगिएको थियो।

उनलाई हिँडिरहेको अवस्थामा मध्यपुर ठिमी चल्ने बा ४ ख ५९२० नम्वरको बसले बिहान ठक्कर दिएको थियो। ठक्कर दिएर गाडी भाग्न खोजेपछि विद्यार्थीले गाडीमा तोडफोड गर्नुका साथै आगजनी गरेका छन्।

विद्यार्थीले बा ४ ख ७१०१ नम्बरको बसमा आगजनी गरेका छन् भने बा ३ ख ४४३३ नम्बरको बसमा तोडफोड गरेका प्रहरीले जनाएको छ। प्रहरी र विद्यार्थीबीच केहीबेर झडपसमेत भएको थियो।

ठक्कर दिने गाडीका चालक र आगजनीमा संलग्न अन्य दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

corrent noodles
Metro Mart

प्रकाशित: Dec 23, 2019| 05:15 सोमबार, पुस ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।