बुधबार, वैशाख १२, २०८१

कियाको ‘मिड–एसयुभी सेल्टोस’ नेपाल भित्रियो

 |  आइतबार, पुस ६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस ६, २०७६

काठमाडौं– भारतमा बजार प्रवेश गरेको १० दिनमै सर्वाधिक बिक्री हुने मिड–एसयुभी बन्न सफल कियाको सेल्टोस नेपाल भित्रेको छ । नेपालका लागि किया गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले सेल्टोस नेपाल ल्याएको हो ।

triton college

कियाको भारतस्थित प्लान्टमा उत्पादित गाडी पहिलोपटक नेपाल भित्रेको हो । कोरियाली अटो निर्माता कियाले सन् २०१९ बाट भारतमा प्लान्ट राखेर सेल्टोस उत्पादन थालेको हो ।

भारत–६ इन्जिन जडित सेल्टोस कियाको ग्लोबल मोडल हो । यसले विश्वभरका मिड एसयुभी पारखीबाट उत्साहजनक प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ । सेल्टोसकै कारण किया भारतको चौथो नम्बरको कार ब्रान्ड बन्न सफल भएको छ ।

कन्टिनेन्टलले भारतमा निर्मित अन्य मोडल पनि नेपाल ल्याउने कम्पनीका प्रमुख सुहृद घिमिरेले बताए । सेल्टोसमा १० इन्चस्क्रिन, बिओएसई म्युजिक सिस्टम, फ्रन्ट र ब्याक एलइडी लाइट, एअर प्युरिफायर, डी–कटस्टेरिङ, युभी ग्लासजस्ता विशेषता छन् । यो सेग्मेन्टका अन्य ब्रान्डमा यस्ता विशेषता छैनन् ।

गत भदौमा सम्पन्न नाडा अटो शोमा बुकिङ गर्ने ग्राहकलाई प्राथमिकता दिएर यो गाडी उपलब्ध गराउने कम्पनीको योजना छ । ४९ लाख ९० हजार रुपैयाँदेखि ८० लाखसम्म पर्ने सेल्टोसका एचटिके, एचटिके प्लस, एचटिएक्स, एचटिएक्स प्लस भेरियन्ट नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

corrent noodles
Metro Mart

भारतमा गत अगस्टबाट यसको बिक्री सुरु भएको थियो । सेल्टोस लन्च भएको पहिलो महिनामै आफ्नो सेग्मेन्टको एसयुभी पारखीमाझ लोकप्रिय बनेको थियो ।

हुन्डाइको क्रेटा, निसानको किक्स, जिप कम्पास १.४ लाई सेल्टोसको प्रतिस्पर्धी मोडल मानिन्छ । कन्टिनेन्टलले ३० वर्षदेखि कियाका गाडी बिक्री गर्दै आएको छ ।

 

प्रकाशित: Dec 22, 2019| 07:10 आइतबार, पुस ६, २०७६
प्रतिक्रिया दिनुहोस्