काठमाडौ- छ किलोग्राम अवैध लागुऔषध कोकिनसहित चार विदेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
अन्तर्राष्ट्रिय विमानस्थलको टोली र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले चार जनालाई नियन्त्रणमा लिएको हो।
व्यूरोकाअनुसार शनिबार राति विमानस्थलबाट दुईजना विदेशी नगारिकबाट चार किलोग्राम र अप्रेसनका क्रममा ठमेलबाट दुई जनालाई दुई किलोग्राम कोकिनसहित नियन्त्रणमा लिइएको हो।
व्यूरोका प्रवक्ता बीरेन्द्रकुमार बस्यालले पक्राउ परेका नागरिक बारे विस्तृत अनुसन्धान भैरहेको बताए। पक्राउ परेकाहरुको नाम र ठेगाना भने व्यरोले गोप्य राखेको छ।
प्रहरीले बरामद गरेको कोकिनको अन्तराष्ट्रिय मूल्य १५ करोड करोड रुपैयाँभन्दा बढि हुन आउँछ।
गत मंगलबार तीन केजी कोकिनसहित ४१ वर्षीय बोलिभियन नागरिक हेर्रा अर्तेगा ओलगालाई पनि व्यूरोलो नियन्त्रणमा लिएको थियो ।