चितवन- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले आउँदो फागुनभित्र भूमिहीन सुकुम्वासीले जग्गाधनी प्रमाणपत्र पाउने बताएकी छन्।
चितवनको खैरहनी नगरपालिका वडा नं १२ मा रहेको अन्नपूर्ण मध्यवर्ती सहकारी संस्थाको उद्घाटन गर्दै मन्त्री अर्यालले वर्तमान सरकार भूमिहीन सुकुम्वासी समस्या समधानका लागि आयोगमार्फत टुङ्ग्याउन लागेको बताईन्। ‘अब बन्ने कानूनले सुकुम्वासी भूमिहीन र अव्यवस्थित बसोबासको समस्या समधान हुँदैछ’ उनले भनिन्।
सरकारले भूमिहीन सुकुम्वासीलाई पहिलो नम्बरमा र अव्यवस्थित बसोबासलाई दोस्रो नम्बरमा राखेर समाधान गर्न लागेको मन्त्री अर्यालको भनाइ छ। उनका अनुसार अव्यवस्थित बसोबासलाई निश्चित रकम लिएर जग्गाधनी प्रमाणपत्र दिने व्यवस्था मिलाइँदै छ। रासस