शुक्रबार, वैशाख ७, २०८१

साताभर नेप्से १८ अंकले ओरालो

यो साता नेप्से गत साताको भन्दा १८ अंकले ओरालो लागेको छ।
 |  शुक्रबार, पुस ४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ४, २०७६

काठमाडौं- यो साता नेप्से गत साताको भन्दा १८ अंकले ओरालो लागेको छ।

triton college

साताभर दुई अर्ब ५६ करोड रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। नेप्सेका अनुसार १४ खर्ब ८९ अर्ब रुपैयाँ बराबरको मार्केट पुँजी भरहेको छ।

साताभर पाँचवटा कम्पनीको सेयर कारोबारको लागि सुचीकृत भएको छ। सुचीकृत हुनेमा बेष्ट फाइनान्स कम्पनीको १ लाख ८८ लाख ९८० कित्ता हकप्रद सेयर, वोमी माइक्रोफाइनान्स वित्तिय संस्थाको १० लाख १० हजार ८८० हकप्रद सेयर, बैंक अफ काठमाडौंको ४८ लाख २७ ८६० बोनस सेयर,सुर्य लाइफ इन्स्योरेन्स ८८ लाख ७४ हजार ९६ कित्ता हकप्रद सेयर र एनआइसी बैंक ८८ लाख ३४ हजार २२८.२ कित्ता बोनस सेयर सुचिकृत भएको नेप्सेले जनाएको छ।

पुँजीकरणको हिसावले साताभर १० ठूला कम्पनीहरु अग्रपंक्तिमा रहेका छन्। नेप्सेका अनुसार नेपाल दुरसन्चार कम्पनी, नविल बैंक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स, एनएमबी बैंक, एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टड बैंक, हिमालयन बैंक, एनआइसी बैंक र कृषि विकास बैंक रहेका छन्।

साताभर सबैभन्दा बढी सेयर कारोबार भएका कम्पनीहरुमा एनएमबी बैंक, रसुवागढी जलविद्युत कम्पनी, सान्जेन जलविद्युत कम्पनी, सिवम् सिमेन्ट लगायतका रहेका छन्।

corrent noodles
Metro Mart

प्रकाशित: Dec 20, 2019| 10:47 शुक्रबार, पुस ४, २०७६
प्रतिक्रिया दिनुहोस्