बिहीबार, वैशाख १३, २०८१

लेनदेन विवादमा ३ बालबालिकाको अपहरण

आमासँग लेनदेन विवादपछि काठमाडौंमा एक समूहले तीन बालबालिकाकाे अपहरण गरेको खुलेको छ।
 |  शुक्रबार, पुस ४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ४, २०७६

काठमाडौं - आमासँग लेनदेन विवादपछि काठमाडौंमा एक समूहले तीन बालबालिकाकाे अपहरण गरेको खुलेको छ।

triton college

आमा काठमाडौंबाहिर भएको मौका छोपेर कोठामा रहेका उनका दुई छाेरा र एक भान्जीलाई अपहरण गरी फिरौती मागेको आरोपमा महानगरीय प्रहरी परिसर टेकुले २४ वर्षीय आशीष सिजापतिलाई पक्राउ गरेको छ।

यस्तो छ घटना
काठमाडौं टोखामा कोठा भाडामा लिएर बस्ने महिला मंसिर ३० गते बालबालिकालाई छोडेर पोखरा हिँडिन्।

पुस १ गते बिहान तीनैजना विद्यालय जान कोठाबाट निस्के। त्यही बेला कैलाली धनगढी घर भई बानेश्वर बस्दै आएका सिजापतिले तीनैजनालाई अपहरण गरे।

सिजापतिले उनीहरूलाई टोखा नगरपालिका–९ शान्तिटोलमा रहेको होटल ब्लु स्टारमा बन्धक बनाएर राखे।

corrent noodles
Metro Mart

महानगरीय प्रहरी परिसरका डीएसपी होबिन्द्र बोगटीका अनुसार सिजापतिले ‘तिम्रो मम्मीले तिमीहरूलाई होटलमा लगी राख्नू भन्नुभएको छ’ भनेर फकाएका थिए।

सिजापतिले मंगलबार आमालाई बच्चाहरूकै नम्बरबाट पोखरा फोन गरी तीन लाख रुपैयाँ फिरौती मागे। ‘महिलाले भने त्यो कुरा हत्तपत्त विश्वास गरिनन्’, बोगटीले सुनाए, ‘छोरा र भान्जी अपहरणमा परेको थाहा पाएपछि उनले प्रहरीलाई खबर गरिन्।’

प्रहरीले खोजतलास गर्दै जाँदा होटलको कोठामा बन्धक बनाइराखेका बालबालिकाको बुधबार बेलुकी सकुशल उद्धार गरेको छ।

बालबालिकाको हेरालु गोरखा–१० घर भई काठमाडौं बस्ने २८ वर्षीय विनोद थापामगर र होटल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
अपहरण परेका बालबालिका र होटल सञ्चालकको नाम प्रहरीले गोप्य राखेको छ।

सिजापति र बालकका आमाबीच रकम लेनदेन विवाद रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ‘महिला र सिजापतिबीचमा दुई लाख रुपैयाँ लेनदेन भएको र त्यसैमा विवाद हुँदा असुल गर्न बालबालिका अपहरण गरेको देखिन्छ’, बोगटीले भने।

शृंखलाबद्ध अपहरण

सिजापति भने फेरि अर्को अपहरण मुद्दामा बुधबार नै पक्राउ परिसकेका छन्।

सोमबार तीन बालबालिका अपहरण गरी होटलमा बन्धक बनाएका सिजापतिको समूहले बुधबार रामेछापका २१ वर्षीय नरेश थापामगरलाई हेटाैँडामा अपहरण गरेको प्रहरीले जनाएको छ।

बा२च ५३५६ नम्बरको ट्याक्सीमा राखेर हेटौंडा उपमहानगरपालिका–९ लामसुरेकी सरस्वती तामाङको घरमा बन्धक बनाएको अवस्थामा थापामगरलाई बुधबार बेलुकी प्रहरीले सकुशल उद्धार गरेको थियो।

प्रहरीले सोही घटनामा सिजापतिसँगै कञ्चनपुर श्रीपुर–६ बस्ने २९ वर्षीया सुनिता धामी, धादिङ नेत्रावतीका कृष्ण गुरुङ र ट्याक्सी चालक आशिक लामालाई पक्राउ गरेको थियो।

प्रहरीका अनुसार उनीहरूले पैसाकै लागि अपहरण गर्दै आएको खुलेको छ। उनीहरुविरुद्ध अपहरण तथा शरीर बन्धकअन्तर्गत मुद्दा दर्ता भएको डिएसपी बोगटीले जानकारी दिए।

प्रकाशित: Dec 20, 2019| 10:12 शुक्रबार, पुस ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।