बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • कार्यकर्तालाई देउवाको अपिल- बलियो कांग्रेस समृद्ध देश बनाउन स्वस्थ चुनावी प्रतिष्पर्धा गरौं

कार्यकर्तालाई देउवाको अपिल- बलियो कांग्रेस समृद्ध देश बनाउन स्वस्थ चुनावी प्रतिष्पर्धा गरौं

सत्तारुढ दल नेपाली कांग्रेस शुक्रबारदेखि १४औं महाधिवेशनमा होमिएको छ। महाधिवेशनमा होमिएसँगै शुक्रबार बिहानै समापति शेरबहादुर देउवाले कार्यकर्ताहरूलाई सम्बोधन गरेका छन्।
 |  शुक्रबार, भदौ १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १८, २०७८

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेस शुक्रबारदेखि १४औं महाधिवेशनमा होमिएको छ। महाधिवेशनमा होमिएसँगै शुक्रबार बिहानै समापति शेरबहादुर देउवाले कार्यकर्ताहरूलाई सम्बोधन गरेका छन्।

triton college

उनले सबै नेता तथा कार्यकर्ताहरूलाई सामाजिक दूरी कायम गरेर महाधिवेशनमा होमिन आग्रह गरेका छन्।

'आठ लाख भन्दा बढी क्रियाशील सदस्य आजदेखि १४औं महाधिवेशनको पक्रियामा सहभागी हुनुभएको छ। म उहाँहरूलाई सुरक्षित भएर महाधिवेशनमा होमिन आग्रह गर्दछु', उनले भने। पार्टी भित्रको आन्तरिक प्रतिष्पर्धा लोकतन्त्रको सौन्दर्य भएको उनले बताए।

उनले सबैलाई स्वस्थ प्रतिष्पर्धामार्फत निर्वाचमा होमिन आग्रह गरेका छन्। 'बलियो कांग्रेसबाट मात्रै देशको विकाश सम्भव छ। त्यसैले 'बलियो कांग्रेस, समृद्ध देश' भन्ने नारालाई साकार पार्न पार्टीका हरेक तहका साथिहरूलाई आग्रह गर्न चाहन्छु', उनले भने।

आज ५६ जिल्लाका क्रियाशील सदस्यताको नामावली वेबसाइटमार्फत सार्वजनिक गरेर कांग्रेस महाधिवेशनमा होमिन लागेको छ।

corrent noodles
Metro Mart

कांग्रेसले शुक्रबार क्रियाशील सदस्यता नामावली सार्वजनिक भएका जिल्लामध्ये अधिकांश जिल्लाहरुमा वडा अधिवेशन गर्दैछ।

यस्तो छ सभापितदेउवाले व्यक्त गरेको शुभकामना

आदरणीय साथीहरू 

नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रकृया आजदेखि औपचारिक रुपमा प्रारम्भ भएको  छ। स्वदेश र विदेशमा रहेका पार्टीका सदस्यहरू, शुभेच्छुक र शुभचिन्तक सबैमा म जय नेपाल न्यानो अभिवादन व्यक्त गर्दछु।

संवैधानिक बाध्यता अनुसार कोरोना महामारीकै बीच हामीले शुरु गर्नु परेको महाधिवेशनमा सर्वप्रथम सामाजिक दूरि कामय गरी सहभागि हुन नेपाली कांग्रेसका तमाम नेता तथा कार्यकर्तालाई हार्दिक अनुरोध गर्दछु।

आज म निकै खुशी छु। ८ लाखभन्दा बढि नेपाली कांग्रेसका क्रियाशिल सदस्य आजदेखि १४औं महाधिवेशको प्रक्रियामा सहभागि हुनु भएको छ र मैले ती सबै सदस्यहरू र नेतृत्वको जोश, जाँगर र साथको अनुभुती यतिबेला गरिरहेको छु।

लोकतन्त्रको पर्यायको रुपमा रहेको हाम्रो पार्टी नेपाली कांग्रेस लोकतान्त्रिक अभ्यासमा आफुलाई सधै अग्रणी सावित गर्दै आएको छ। नेपालका हरेक राजनीतिक आन्दोलनको नेतृत्व गर्दै पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा पनि नेपाली कांग्रेस सधै अगाडी छ।

पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य  हो। स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र संगठनको जग मजबुत बनाउदै जन-जनमा लोकतन्त्रको रक्तसंचार गर्छ। देशभरका साथिहरूलाई लोकतान्त्रिक प्रक्रिया अनुसार सर्वसम्मत वा स्वास्थ प्रतिस्पर्धा मार्फत अधिवेशनमा सहभागि हुन अनुरोध गर्दछु।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नेपाली काग्रेसलाई बलियो बनाउन जरुरी छ। नेपाली जनताले बुझिसकेका छन्, बलियो कांग्रेसबाट मात्रै समग्र देशको विकास सम्भव छ। त्यसैले ‘वलियो कांग्रेस, समृद्ध देश’ भन्ने नारालाई साकार पार्न म पार्टीका हरेक तहका साथीहरूलाई आग्रह गर्न चाहन्छु।

कांग्रेसको त्यो विगतको योगदान, जनताको भरोसा, परिपक्वता  र अनुभवका कारण मुलुकको नेतृत्व अहिले फेरि कांग्रेसकै कांधमा आएको छ। म तपाईहरूलाई जनताको विश्वास जित्ने गरेर अघि बढ्ने प्रण पनि यो भिडियो सन्देश मार्फत गर्न चाहान्छु। 

हामी १४औं महाधिवेशन मार्फत शसक्त कांग्रेस बनाउने अभियानमा होमीई सकेका छौं। पार्टीका साथीहरूले हरेक गाउँको मुद्दासँग आफुलाई गांस्दै,  हरेक टोलको भावनाको नेतृत्व गर्दै,  ती सबै मुद्दा  र भावना सम्बोधन गर्न बलियो कांग्रेस जरुरी रहेको सन्देश हरेक घर–घरमा पुर्‍याउनु हुनेछ भन्ने विश्वास मैले लिएको छु।

अन्त्यमा आजदेखि सुरु हुने वडा अधिवेशनमा सहभागि सबै आदरणीय साथीहरूलाई हार्दिक स्वागत तथा बधाई दिन चाहन्छु।

धन्यवाद।

जय नेपाल।

प्रकाशित: Sep 03, 2021| 08:00 शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...