शुक्रबार, वैशाख ७, २०८१

प्रहरी जवान र विद्युतका कर्मचारी घुससहित पक्राउ

जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी जवान सरोजकुमार यादव १५ हजार घुससहित पक्राउ परेका छन्।
 |  बुधबार, पुस २, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २, २०७६

काठमाडौं–जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी जवान सरोजकुमार यादव १५ हजार घुससहित पक्राउ परेका छन्।

triton college

घरेलु मदिरा बिक्री वितरणमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो। उनलाई कलैया उपमहानगरपालिका–३ बाराबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

यस्तै घुससहित पक्राउ परेका नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रका इलेक्ट्रिकल हेल्पर राजदेव महतो कोइरीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ। कोइरीलाई अख्तियारको टोलीले नयाँ विद्युत मिटर जडानको लागि सिफारिस गरिदिएवापत सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आयोगको हेटौंडा कार्यालबाट खटिएको टोलीले ९ हजार घुससहित पक्राउ गरेको थियो।

यस्तै गाई–गोरु व्यापार गर्न सहयोग गर्नुपर्‍यो भन्दै प्रहरीलाई घुस दिने स्याङजा बालिङ नगरपालिका-८ बस्ने जहरुदिन तेलीलाई अख्तियारले नियन्त्रणमा लिएको छ। तेलीले वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी निरीक्षकलाई कार्यकक्षमै आएर १५ हजार घुस दिएको खुलेको भन्दै अख्तियारले नियन्त्रणमा लिएर अनु्सन्धान गरिरहेको जनाएको छ।

 

corrent noodles
Metro Mart

प्रकाशित: Dec 18, 2019| 12:30 बुधबार, पुस २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।