बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • गुरुलाई गुन लगाउँदै नेकपा ! दुर्गा पौडेललाई उपसभामुख बनाउने तयारी

गुरुलाई गुन लगाउँदै नेकपा ! दुर्गा पौडेललाई उपसभामुख बनाउने तयारी

 |  बुधबार, पुस २, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २, २०७६

काठमाडौं– नेपालका अधिकांश कम्युनिष्ट नेताहरुले मोहनविक्रम सिंह ‘घर्ती’ लाई आफ्नो गुरु मान्छन् । उनी आफैं भने सुरुमा कांग्रेस थिए। प्यूठानको जमिनदारी खलकमा जन्मिएका सिंहले २००७ सालमा नै नेपाली कांग्रेसबाट राजनीति सुरु गरेका थिए ।

triton college

केही वर्षपछि नै उनी कम्युनिष्ट पार्टीमा लागे । त्यसबेलादेखि नै सिंहले युवाहरुलाई कम्युनिज्मसम्बन्धी प्रशिक्षण दिन थालेका थिए। नेता सिंहको प्रशिक्षणमा अगाडि बढेका अधिकांश नेताहरु अहिले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा छन्।

सिंह भने राष्ट्रिय जनमोर्चाको मातृ संस्था नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री छन् । सोही पार्टीबाट नेता सिंहकी पत्नी दुर्गा पौडेलले गत निर्वाचनमा प्यूठान क्षेत्र नम्बर एकबाट प्रतिनिधिसभाको निर्वाचत जितिन्। प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावमा त्यहाँ सत्तारुढ नेकपा र जनमोर्चाको सहकार्य भएको थियो। यो सहकार्य पछिल्लो उपनिर्वाचनमा पनि यथावत् रह्यो ।

नेकपा–जनमोर्चा सहकार्यको सन्दर्भ यहाँ किन जोड्न खोजिएको हो भने प्रतिनिधिसभा अहिले सभामुखविहीन छ । सत्तारुढ नेकपाको तर्फबाट सभामुख निर्वाचित भएका कृष्णबहादुर महरा बलात्कार प्रयासको काण्डमा जेल गएपछि प्रतिनिधिसभाले नयाँ नेतृत्व चयन गर्नुपर्नेछ । संसदमा नेकपाको बहुमत भएकाले प्रतिपक्षी कांग्रेस वा संसदमा प्रतिनिधित्व गर्ने अन्य दलबाट सभामुख चयन हुने सम्भावना छैन । यसअर्थमा नेकपाकै सांसद सभामुख बन्नेछन्।

नेकपाबाट नयाँ सभामुख चयन हुनेबित्तिकै संविधानतः उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेको पद जानेछ। किनकी सभामुख र उपसभामुख एउटै पार्टीको हुन संवैधानिक व्यवस्था छ। यसअघि सभामुख हुँदा महरा नेकपा माओवादी (केन्द्र)का सांसद थिए भने तुम्बाहाम्फे नेकपा (एमाले)की । दुई पार्टी एकीकरण भएर नेकपा बनिसकेकाले अब सभामुख वा उपसभामुखमध्ये एकजनामात्र नेकपाले पाउनेछ ।

corrent noodles
Metro Mart

कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएदेखि नै नयाँ सभामुखको चर्चा सुरु भएको हो । सत्तारुढ दल नेकपाभित्र सम्भावित व्यक्तिहरुको बारेमा छलफल पनि त्यतिबेलादेखि नै चलिरहेको छ । राष्ट्रपतिले संसदको हिउँदे अधिवेशन आह्वान गरिसकेकाले अब यो बहसलाई टुंगोमा पुर्याउनु पर्ने छ । थुप्रै आकांक्षीबाट छानिँदै पूर्वसभामुख सुवास नेम्वाङको नाममा सहमति जुटिसकेको नेकपा स्रोत बताउँछ । अहिलेसम्म नेकपाले सभामुख र उपसभामुख चयनको विषयमा औपचारिक निर्णय सार्वजनिक गरेको छैन ।

गुरुलाई गुन तिर्ने अवसर !

सभामुख नेकपाको भागमा पर्ने त निश्चित नै छ, उपसभामुख पनि गुमाउन चाहँदैन नेकपा । पाका नेता मोहनविक्रम सिंह कहिल्यै पनि लाभको पदमा पुगेका छैनन् । उनमा त्यो लालसा पनि छैन। नेकपाको सहयोगमा पत्नी दुर्गा पौडेल भने सांसद बनेकी छन् । तिनै पौडेललाई उपसभामुख बनाएर नेकपा नेताहरुले आफ्ना गुरुको गुन तिर्न लागेको नेकपाकै नेताहरु बताउँछन् । नेकपा स्रोतका अनुसार अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुख र उपसभामुख दुवैको विषयमा आन्तरिक सहमति गरिसकेका छन्।

सभामुखमा नेम्वाङ र उपसभामुखमा पौडेलको नाम फाइनल भइसकेको स्रोत दाबी गर्छ । सभामुख बनाउनकै लागि पछिल्लो मन्त्रिपरिषद् हेरफेरमा नेम्वाङलाई समावेश नगरिएको बताइन्छ । त्यसो त, वर्तमान उपसभामुख तुम्वाहाम्फेले पनि सभामुखका लागि दाबी छोडेकी छैनन् भने पूर्वमाओवादी पक्षबाट नेकपाका प्रमुख सचेतक देव गुरुङ र अग्नि सापकोटा पनि दाबेदार छन् ।

संविधानको धारा ९१ (२)ले सभामुख र उपसभामुख फरक पार्टीको र फरक लिंगको हुनुपर्ने व्यवस्था गरेको छ। उपधारा २ मा भनिएको छ, ‘उपधारा(१) बमोजिम निर्वाचन गर्दा प्रतिनिधिसभाको सभामुख र उपसभामुख मध्ये एक जना महिला हुने गरी गर्नु पर्नेछ र प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनु पर्नेछ। तर, प्रतिनिधिसभामा एकभन्दा बढी दलको प्रतिनिधित्व नभएको वा प्रतिनिधित्व भएर पनि उमेदवारी नदिएको अवस्थामा भने एकै दलको सदस्य प्रतिनिधिसभाको सभामुख र उपसभामुख हुन बाधा पर्ने छैन।’

चुनावमा सहकार्य पनि गरेको पार्टी र महिला पनि भएकाले नेकपाले पौडेललाई अवसर दिन लागेको स्रोत बताउँछ । प्रतिनिधिसभामा जनमोर्चाको एउटामात्र सिट छ ।

उपसभामुख बन्न लागेको बारेमा जिज्ञासा राख्दा सांसद पौडेलले चर्चा सुनेको तर आफूलाई औपचारिक रुपमा प्रस्ताव नआएको प्रतिक्रिया दिइन्।

स्वतन्त्र सांसद उपसभामुख हुन पाउँछ ?

कतिपयले भने प्रतिनिधिसभामा चारवटा दलमात्र रहेकोले तिनै दलबाट उपसभामुख हुनुपर्ने धारणा राख्दै आएका छन्। संविधानले फरक दल भनेको छ र प्रतिनिधिसभामा नेकपाबाहेक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीले मात्र थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टीको मान्यता पाएका छन्। राष्ट्रिय पार्टीको मान्यता नपाएकाले संसदमा पौडेलको हैसियत स्वतन्त्र सांसदको हुन्छ ।

वरिष्ठ अधिवक्ता तथा राष्ट्रियसभा सदस्य रामनारायण बिँडारी भने पौडेललाई उपसभामुख बनाउन मिल्ने दाबी गर्छन्। ‘संविधान लेखनका बेला प्रतिपक्षीलाई उपसभामुख दिने स्पिरिटमा त्यो व्यवस्था गरिएको हो। तर, संविधानको गोलमटोल भाषाले अप्ठ्यारो छ,’ बिँडारीले भने, ‘राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई उपसभामुख बन्नबाट रोक्न सक्ने अवस्था छैन।’

उपसभामुखमा समाजवादीको पनि दाबी

नेकपाको सरकारमा सहभागी उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले पनि उपसभामुखका लागि दाबी गर्दै आएको छ। आफूहरु नेकपासँग उभिएकोले उसको दुईतिहाइ पुगेको दाबी समाजवादीको छ ।

सरकारमा सहभागी भएको नाताले आफूहरुले उपसभामुख पाउनुपर्ने उसको तर्क छ। यसका लागि पार्टी अध्यक्ष उपेन्द्र यादव पनि दौडधुपमा रहेको बताइएको छ ।

प्रकाशित: Dec 18, 2019| 08:44 बुधबार, पुस २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।