शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • संगठन विस्तारमा सीके राउत सक्रिय, मधेशका सबै जिल्लामा आमसभा गर्ने

संगठन विस्तारमा सीके राउत सक्रिय, मधेशका सबै जिल्लामा आमसभा गर्ने

सीके राउत नेतृत्वको जनमत पार्टीले पूर्वको झापाबाट पश्चिमको कञ्चनपुरसम्म आम सभा गर्ने भएको छ। केन्द्रीय समिति बैठकले
 |  बुधबार, पुस २, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २, २०७६

काठमाडौं- सीके राउत नेतृत्वको जनमत पार्टीले पूर्वको झापाबाट पश्चिमको कञ्चनपुरसम्म आम सभा गर्ने भएको छ।

triton college

केन्द्रीय समिति बैठकले पूर्वदेखि पश्चिमसम्मका सबै तराई–मधेसका जिल्लामा आमसभा गर्ने निर्णय गरेको हो । बैठकले आमसभाको कार्यतालिकासमेत तयार गरेको छ।

आमसभा पुष ७ गतेबाट फागुन १७ सम्मको हुने अध्यक्ष राउतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। संगठन विस्तार र आफ्ना एजेन्डा जनतासमक्ष पुर्याउने काममा आमसभा केन्द्रित हुने जनाइएको छ ।

छुट्टै मधेश प्रदेशको माग गर्दै आन्दोलन गरिराखेका सिके राउत सरकारसँग भएको सहमतिपछि दल दर्ता गराएर गएको उपनिर्वाचनमा सहभागी भएका थिए ।

उनको पार्टी जनमतबाट महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष पदमा अञ्जनीदेवी मण्डलले उम्मेदवारी दिएकी थिइन् । उनी पराजित भइन् ।

corrent noodles
Metro Mart

उपनिर्वाचनमा भाग लिएका राउत आगमी निर्वाचनमा देशभर उम्मेद्वारी दिने र तराई मधेशमा पकड बलियो बनाउने तयारीमा जुटेको छ ।

राउत गत फागुनमा शान्तिपूर्ण राजनीतिमा आएका थिए। उनले वैशाखमा विगतका संगठन विघटन गरी जनमत पार्टी निर्वाचन आयोगमा दर्ता गराएका थिए।

उनको पार्टी जनमतले मंसिर ७ गते काठमाडौंमा आमसभा गरेको थियो।

प्रकाशित: Dec 18, 2019| 04:39 बुधबार, पुस २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।